Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गामा आगलागी, नियन्त्रणमा कठिनाई

Published on 5:15:00 PM //

घनश्याम गौतम 
धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गा जंगलमा सोमबार दिउसो देखि आगो लागेको छ ।

तम्घास तर्फको देउराली नजिकैबाट शुरु भएको आगो नियन्त्रण हुन नसक्दा नेपाल टेलिकमको पाल्पा-गुल्मी सम्पर्कको मुख्य टावर समेत जोखिममा परेको छ । रेसुङ्गा डाँडामा रहेको रिपिटर टावरमा क्षति पुगेमा गुल्मी र अर्घाखाँची दुवै जिल्ला सम्पर्क विहिन हुने टेलिकम प्रमुख उमानाथ पोखरेलले बताए ।
टेलिकमको अप्टिकल फाइवर तम्घास ल्याएका पोलहरुको तलपट्टिबाट आगो बल्दै माथि तर्पm गएपनि अहिलेसम्म अप्टिकलमा कुनै असर नपरेको टेलिकमले जनाएको छ । आगो नियन्त्रणका लागि कालिदत्त गुल्मका सैनिकहरु, प्रहरी र तम्घासका स्थानीय बासिन्दाहरुले पहल गरेपनि नियन्त्रणमा आउन सकेको छैन । सोमबार दिउसो बढी हावाहुरी चलेको र जंगल बढी सुख्खा क्षेत्र अन्तर्गत भएकाले आगो नियन्त्रण हुन नसकेको प्रहरीले जनाएको छ ।
झण्डै ५ हजार हेक्टर क्षेत्रफलमा फैलिएको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गामा गत वर्ष पनि साउने क्षेत्रबाट आगलागी भएको थियो । गत वर्षको आगलागी नियन्त्रणमा आउन चार दिन लागेपनि यस वर्ष छिटो नियन्त्रणमा आउने नियन्त्रणमा खटिएका कालिदत्त गुल्मका सैनिकहरुले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग