Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

किसानलाई संगठित हुन आग्रह

Published on 4:23:00 PM //

घनश्याम गौतम
व्यवसायीक रुपमा तरकारी उत्पादन गर्दै आएका किसानहरु लाई सहकारी मार्फत संगठित गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।

महिनौ दुःख गरेर तरकारी उत्पादन गर्ने किसानहरुले तरकारीको मुल्य नपाउने तर उपभोक्ताले किसानले विक्रि गरेको दोब्बर भन्दा बढी मुल्यमा किन्न बाध्य हुँदा किसान र उपभोक्ता दुवै ठगिएको भन्दै सरोकारवालाहरुले संगठित भएर व्यवसायमा लाग्न समेत किसानलाई सुझाव दिएका हुन् ।
युके एड र डिफआईडि नेपालको आर्थिक सहयोगमा जिल्ला कृषि विकास कार्यालय र साना किसानका लागि बजार पहुँच कार्यक्रमको संयुक्त आयोजनामा तम्घासमा आज भएको समन्वयात्मक बैठक एवं अन्तर्कृया कार्यक्रममा बोल्ने बक्ताहरुले किसानलाई संगठित हुन र त्यसमा सहयोग पुर्याउन सम्बन्धित कार्यालयहरुलाई सुझाव दिएका हुन् ।
कार्यक्रममा एमाले जिल्ला सदस्य शेषकान्त गौतमले किसान संगठित नभएसम्म तरकारीको मुल्य व्यापारीले नै तोक्ने भएकाले गाउँका तल्लो तहका किसान देखि व्यवसायीक किसान सम्म संगठित हुनु जरुरी रहेको बताउनु भयो । गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोखरेलले किसानहरुले नै अधिकार नखोज्दा ठगिनु परेको बताउँदै तम्घासमा निर्माण गरिएको हाटबजार तरकारी किसानका लागि मात्र प्रयोग गर्ने बातावरण बताउनु पर्नेमा जोड दिनु भयो ।
स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका बरिष्ट कृषि विकास अधिकृत नरहरी प्रसाद घिमिरे, अधिकृत मणिरत्न अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, जिल्ला कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष एंव ठुलो लुम्पेक गाविसका युवा किसान हिमबहादुर कुँवर लगायतले कार्यक्रममा सुझाव दिनु भएको थियो ।
कार्यक्रम साना किसानका लागि बजार पहुँच कार्यक्रम परियोजनाका अधिकृत दामोदर पोखरेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लाका १६ गाविसमा साना किसानका लागि बजार पहुँच कार्यक्रम लागु भएको जानकारी प्रदान गरिएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग