Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भैंसी ओसार्ने पक्राउ

Published on 12:14:00 AM //

पी.एम.मगर
मासु व्यवसायकालागि गाउँवाट भैसी खरिद गरि विक्रिकालागि लैजादै गरेको अवस्थामा आज गुल्मी जिल्लाको जोहाङ्ग गाविसका दुई जना भैंसी व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेहरुमा गुल्मी जोहाङ्ग गाविस ७ का अविनाश परियार र वाग्लुङ्ग खर्वाङ्गका मासु व्यवसायी विक्रम परियार रहेका छन् । गुल्मीको वम्घा, वलेटक्सार, दिगाम गाविसवाट वाग्लुङ्गको खर्वाङ्गतर्फ भैसी लिएर जानेक्रममा वम्घा गाविस स्थित दुग्ध सहकारी संस्थाका प्रतिनिधिहरुले चार वटा भैंसी सहित अविनाश परियारलाई पक्राउ गरेका हुन् । पक्राउ परेका परियार अहिले ईलाका प्रहरी कार्यालय जोहाङ्गमा रहेका छन् । त्यस्तै वाग्लुङ्गको खर्वाङ्ग वजारमा मासु व्यवसाय गर्दै आएका विक्रम परियारलाई खर्वाङ्ग प्रहरी र वामी प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जोहाङ्गमा वुझाएको छ । उनीहरु विगत सात महिनादेखि मासुको व्यवसायका लागि गाउँ गाउँवाट भैसिहरु खरिद गरि विक्रि गर्दै आईरहेको ईलाका प्रहरी कार्यालय जोहाङ्गका प्रहरी सहायक निरिक्षक रामवहादुर वानियाले जानकारी दिनु भएको छ । जिल्ला प्रशासन कार्यालयले विगत एक वर्षदेखि जिल्लामा मासुको प्रयोजनकोलागि स्त्री चौपाया काटमार गर्न रोक लगाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग