Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गाको पञ्चासे क्षेत्रमा आगलागी, नियन्त्रणमा आउन सकेन

Published on 3:18:00 PM //

जनार्दन घिमिरे 
गुल्मीको धरोहरको रुपमा चिनिएको पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गा जंगलको पुर्वि भेगमा अहिले भिषण आगलागी भईरहेको छ ।
शनिबार दिउँसोदेखि लागिरहेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । वुढी पोखरी नजिकैवाट सल्किएको आगोले अहिले विकराल रुप लिएको छ । उक्त डढेलो एकातिर जुभुङ्ग गाविस १ झिर्वासमा पर्ने कालो पाताल सामुदायिक वन र सिलाम खुरियातर्फ वढिरहेको छ भने अर्कोतिर रेसुङ्गा पञ्चासे सामुदायिक वन अन्तर्गत कुलो भञ्ज्याङ्गतर्फ वढिरहेको छ । डढेलोले अहिलेसम्म धेरै वन क्षेत्र नष्ट गरिसकेको छ । आगोलागि नियन्त्रणका लागि कुनै प्रयास भएको छैन । आगलागीको कारण भने खुल्न सकेको छैन । यता गर्मी याम शुरु भए लगत्तै आगलागीका घटनाहरुमा वृद्धि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले सवै पक्षलाई सावधानी अपनाउन आग्रह गरेको छ । खेतवारीमा कसैले मल प्रयोजनका लागि आगो सल्काउँदा वन जङ्गल वा कसैको घरगोठमा आगलागी हुन गए त्यस्ता जग्गाधनीलाई प्रशासनले कडा कारवाही गर्ने समेत चेतावनी दिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग