Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सवमा साहित्यकारहरुको जमघट हुने

Published on 3:19:00 PM //

घनश्याम गौतम 
उद्योग वाणिज्य संघले बैशाख पहिलो साता संचालन गर्न लागेको महोत्सवमा देशभरका साहित्यकारहरुको समेत जमघट हुने भएको छ ।

महोत्सवमा गुल्मी जिल्लासंग सम्बन्धित भएर प्रकाशन भएका पुस्तक, अभिलेख र गुल्मेली लेखकहरुले लेखेका विभिन्न पुस्तक, कविता, कथाका सामाग्रीहरु समेत प्रदर्शनी गरिने छ । तम्घासमा शनिवार बसेको अभिलेख तथा पुस्तक प्रदर्शन उपसमितिको बैठकले महोत्सवमा एउटा स्टल लिएर पुस्तक प्रदर्शनी गर्ने र एक दिन देशभरका साहित्यकारहरुको जमघट गरी साहित्य सम्मेलन गर्ने निर्णय गरेको हो ।
समितिका संयोजक शशी पन्थीले साहित्य सम्मेलनका लागि चितवन, पोखरा, बुटवल, काठमाण्डौबाट साहित्यकारहरु आउने जानकारी दिएको बताए । त्यस्तै समितिले गुल्मी जिल्लासंग सम्बद्ध विषयबस्तु भएका र गुल्मीका लेखक तथा प्रकाशकद्धारा लिखित एवं प्रकाशित पुस्तक, पुस्तिका एवं पत्रपत्रिका प्रदर्शनीमा प्रचार प्रसारका लागि कम्तिमा २/२ प्रति चैत्र मसान्त भित्र तम्घासको किरण पुस्तकालयमा उपलब्ध गराउन समेत कबि, लेखक तथा प्रकाशकहरुलाई आग्रह गरेको छ । 
वाणिज्य संघको आयोजना तथा जिविस र रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिको सहआयोजनामा तम्घासमा बैशाख ४ देखि ११ सम्म पहिलो गुल्मी महोत्सव हुन लागेको हो । महोत्सव भब्य बनाउन मुल आयोजक समितिले जिल्लाका तिन निर्वाचन क्षेत्रका धार्मिक, ऐतिहासिक, पर्यटकीय स्थलहरु, कला संस्कृतिहरुको अध्ययन अबलोकन गरी प्रचारप्रसारका लागि जुटेको छ । त्यस्तै समितिले जिल्लाका सबै गाविसमा ब्यानर राख्ने र मुख्य बजारहरु सहित तम्घास दुलही झैँ सिंगार्ने गरी सहयोग पुर्याउन सबैलाई अनुरोध गरिएको संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग