Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मृत्यु रहस्मय भएको आशंका

Published on 12:14:00 AM //

पि.एम.मगर 
केहि दिन अघि गुल्मीको अमरपुरमा एक्कासी बेहोस भई मृत्यु हुनुभएकी एक महिलाको मृत्यु रहस्मय भएको आशंका उनका आफन्तजनले गरेका छन ।
उनीहरुले अमरपुर घर भई कपिलबस्तुमा कार्यरत एक विद्यालय निरिक्षकले धम्की समेत दिएको भन्दै उनी उपर छानविन र कार्वाही हुनुपर्ने माग समेत गरेका छन् । गत फागुन २७ गते बिहान अमरपुर ४ निवासी २७ वर्षीय लिला गौतमको स्थानिय एक चौरमा एक्कासी बेहोस भई उपचार गराउन लैजाने क्रममा स्थानिय एक घरमा मृत्यु भएको थियो ।
 मृतककी दिदि विष्णु सापकोटा, उहाँका श्रीमान् अर्जुन सापकोटा लगाएतका आफन्तजनले सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनको आयोजना गरि हाल कपिलबस्तु शिक्षा कार्यलयमा कार्यरत विद्यालय निरिक्षक रामजी पाण्डेय र उहाँकी श्रीमती मीना पाण्डेयको धम्की र तनाव सृर्जित गराउने कार्यबाट लिलाको मृत्यु भएको आरोप लगाउदै पाण्डेय दम्पतीलाई सम्बन्धीत निकायले कार्वाही गर्नुपर्ने माग गरेका छन् ।
स्वः लिलाका श्रीमान् गत ३ वर्षदेखि मलेसिया रोजगारमा रहेका बेला अमरपुरदेखी छोरा पढाउन सदरमुकाम तम्घासमा डेरा गरी बस्नुभएकी लिलासँग भीनाजु नाता पर्ने विद्यालय निरीक्षक पाण्डेय आवात–जावत गर्ने र ९० हजार नगद र ५० हजार ५ सय मूल्य बराबरको सुनको सिक्री समेत लगेर गएको र उक्त रकम माग्न थालेपछि विद्यालय निरीक्षक पाण्डेयले पटक पटक धम्की दिइ तनाव सिर्जना गरेकै कारण उनको मृत्यु भएको आरोप लगाउदै उनीहरु विरुद्ध कार्वाहीको माग गरिएको हो । 
फागुन २६ गतेका दिन तम्घासबाट अमरपुर जानु अघि लिलाले उक्त रकम पाण्डेयसंग लिन पर्ने तर माग्दा उनले धम्की दिने गरेको र मलेसियामा रहेका आफ्ना श्रीमानलाई समेत गलत कुरा लगाईदिने एवं मार्ने धम्की समेत दिइएको भन्दै एक पत्र लेखी दराजमा छाडेकी छिन् ।
उक्त घटना घटदा कपिलबस्तुमै रहनुभएका रामजी पाण्डेयले आफु माथि कल्पना नै गर्न नसकिने यस्तो आरोप किन लगाइदै छ भनेर आश्चार्य प्रकट गर्नु भयो । यदि आफुहरुले लिलालाई धम्की दिन्थ्यौ भने अमरपुरमा उनका दर दाजु भाई आफन्तजन अरुपनि हुदाहुदै किन हाम्रै घरमा बास बस्न जान्थीन उनी । उन्लाई धम्की दिने कुनै कारण नभएको , र कहिल्यै नदिएको दाबि गर्दै यदि म आफुले धम्की दिन्थे भने म विरुद्ध मर्नु अघिनै उजुरी दिने निकाय थिएन र ? उहाँले प्रति प्रश्न गर्नु भयो ।
तम्घासबाट आफु विरुद्ध पत्र लेखी उनी सुनियोजित रुपमा आफुहरुलाई फसाउनका लागि आत्महत्या गर्न गएको हुन सक्ने रामजी पाण्डेयले बताउनु भयो । यता प्रहर केहि दिन अघि गुल्मीको अमरपुरमा एक्कासी बेहोस भई मृत्यु भएको र अमरपुर स्थित लिलाले बेचेको घरमा बिष फेला परेको बताएको छ । मृतकका आफन्तजनले जाहेरी दिएका छन् । त्यस उपर अनुसन्धान जारी रहेको र आरोपित पक्षलाई बोलाएर सोध पुछ गर्ने कार्य भइरहेको प्रहरी नायब उपरिक्षक पदम प्रसाद सुवेदीले बताउनु भयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग