Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भिरबाट लडेर आमाछोराको ज्यान गयो

Published on 2:35:00 PM //

गगनशिला खड्का
गुल्मीको जैसीथोक गाविसमा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ । जैसीथोक गाविस वार्ड नं ९ गोपेका ४५ वर्षिय पार्वता खत्री र उनका साढे ३ वर्षका छोरा नवराज खत्रीको घर नजिकैको भिरबाट लडेर मृत्यू भएको हो ।
आफ्नो घरबाट छिमेकीको घरमा जाँदै गरेका उनीहरुको घर नकिकैको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । विहान कामको शिलशिलामा छिमेकी कहाँ जादै गर्दा लडेका उनीहरुको भिरमा पल्टीएको अबस्थामा स्थानिय बासीन्दाले देखेका र त्यहाँ पुग्दा उनीहरुको मृत्यू भईसकेको स्थानिय बाबुराम खत्रीले बताउनुभयो । घरवरीपरी हिँडकुल गर्न पनि एकदमै अप्ठ्यारो भएकोले निकै जोखिमपूर्ण ठाउँ रहेको उहाँले बताउनुभयो । मृतकका श्रीमान १ वर्षदेखि रोजगारीको लागी खाडी मुलुकमा रहेको र घरमा ३ भाई छोरा २ छोरीको पालनपोष्ण गरेर बसेकी पार्वताको मृत्यू भएपछि ४ बालबालीकाको विचल्ली भएको खत्रीले बताउनभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग