Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अस्तीत्व विहिन अवस्थामा रहेका सम्पदाहरुको संरक्षण हुने

Published on 12:42:00 PM //

महोत्सब सुचना केन्द्र

पर्यटन वर्ष २०११को सन्दर्भमा आयोजना गरिएको प्रथम गुल्मी महोत्सव २०६८ले गुल्मी जिल्लामा रहेका पर्यटकिय एवम धार्मीक क्षेत्रहरुको पहिचाहन तथा प्रर्बद्धन हुनेभएको छ ।
लामो समयको प्रयास पछि पहिलो पटक हुन लागेको प्रथम गुल्मी महोत्सवले गुल्मी जिल्लामा अस्तीत्व विहिन अवस्थामा रहेका प्राकृतिक एवम धार्मीक सम्पदाहरुको संरक्षण हुने बताईएको छ । जिल्लामा रहेका नेपालकै चारधाम मध्ये एक धाम रुरु क्षेत्र(रिडी),लुम्वनी अञ्चकै सबैभन्दा अग्लो स्थान थाप्लेको लेक, एैतिहासिक, ऋष्य श्रृङ्ग ऋषीको तपोभुमी, जैविक विविधताले भरिपुर्ण रेसुङ्गा क्षेत्र , जैविक विविधताले भरिपुर्ण मदाने लेक, आफुले मागेको मनको इच्छा पुरा हुने धार्मीक विश्वास कायम गरेको कुर्घा मालिका मन्दीर , मर्भुङ्ग मालिका, एैतिहासिक चारपाला दरवार, दिव्रुङ्ग दह, सालिमे लेक, टिमुरे दह, सत्यवती मन्दिर, विभिन्न कलात्मक आकृतीले सजिएको

विचित्र गुफा, कङ्के देउराली लगाएतका पर्यटकिय महत्व वोकेका क्षेत्रहरुको राष्ट्रीय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार—प्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक भित्राउने लक्ष्य रहेको प्रथम गुल्मी महोत्सव मुल आयोजक समिति सचिवालयका महासचिब कृष्ण प्रसाद पोख्रलले जानकारी दिनुभयो। प्रथम गुल्मी महोत्सवले पर्यटनको महत्वपुर्ण सम्भावना हुदाँहुदै पनि अवसर र पर्याप्त प्रचारको अभावले गुल्मी जिल्लामा ओझेलमा परेका साँस्कृतिक सम्पादाहरुको संरक्षण तथा सम्र्वद्धन हुने आशा गरिएको छ । यहि बैशाख ४ गतेदेखी ११ गतेसम्म “गुल्मी जिल्लाको समग्र विकासको आधार, धार्मीक स्थलको प्रवद्र्धन, पर्यटन उधोग र व्यापार” भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको गुल्मी महोत्सवले गुल्मी जिल्लालाई आर्थिक, सामाजिक, एैतिहासिक रुपले सवल बनाउने प्रथम गुल्मी महोत्सव मुल समारोह समितिका संयोजक कृष्ण प्रसाद भण्डारीले बताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग