Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बस दुर्घटना हुँदा ७ घाइते

Published on 3:47:00 PM //

सञ्जु थापा, रेडियो गुल्मी
बुटवलबाट बाग्लुङका लागि छुटेको यात्रुवाहक बस आइतबार बिहान गुल्मीको वामी टक्सारमा दुर्घटना हुँदा सात यात्रु घाइते भएका छन् ।
लु.१.ख ५८४४ नम्वरको बस वामीटक्सार गाबिसको वार्ड नं १ न्वारामा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूमा ग्वालीचौरकी कल्पना खरेल, वामीटक्सार-८ की पुष्पा खरेल, बाग्लुङ ग्वालीचौरका गोकर्ण आचार्य, निसी गाविसका शेरमान बीसी, देविस्थानका दिलबहादुर विक, कपिलवस्तु वाणगङ्गाका गजाधर अर्याल र कपिलवस्तु मोतिपुरका कला शर्मा रहेको प्रहरीले जनाएको छ । बढी सामान रहेका कारण बस दुर्घटना भएको ट्राफिक प्रहरी पोष्ट खर्वाङले जनाएको छ । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग