Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्लाका प्राकृतिक एंव मनोरम दृश्यहरु चित्रमा उतारिने

Published on 4:39:00 PM //

गगनशिला खड्का
महोत्सव सुचना केन्द्र । भोली देखी तम्घासमा शुरु हुने प्रथम गुल्मी महोत्सव २०६८को अवसरमा आजदेखि गुल्मी जिल्लामा स्थलगत चित्रकला कार्यशाला २०६८ शूरु भएको छ ।

राजधानीमा केन्द्रीत कलाको विकास गाउँ-गाउँमा पुर्याउने तथा कला मार्फत ओझेलमा परेका स्थानीय कला संस्कृतीलाई जर्गेना गर्नै उदेश्यले स्पेक्ट्रम संस्थाले गुल्मी जिल्लामा गुल्मी स्थलगत चित्रकला कार्यशाला २०६८ आजदेखी शूरु गरेको छ । 
यस पर्यटन वर्षलाई कला वर्षको रुपमा मनाउने लक्ष्य लिएको सँस्थाले आजदेखी ५ गतेसम्म गुल्मी जिल्लाका प्राकृतिक एवम मनोरम दृश्यलाई कला मार्फत कार्यशालामा उतार्ने र ६ गतेपछि कार्यशालामा सृजना भएका कला कृतिहरुलाई महोत्सवमा प्रस्तुत गर्नै आयोजक संस्थाका अध्यक्ष इन्द्र खत्रीले जानकारी दिनुभयो। 
संस्थाका सचिब भिष्म खत्रीको संयोजकत्वमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब के.के कर्माचार्य, महेश आचार्य, इन्द्र खत्री, हरी नेपाली, विष्णु प्रसाद चौधरी, नविन कर्माचार्य, दिनेश उपाध्याय, इशान परियार, जोति प्रकाश, दिपक महर्जन, नगेन सिंह आदि कलाकार हरुको सहभागीता रहेको छ । 
उक्त कलाकारको टोलीले आफुले देखेका र महसुश गरेका विषयबस्तुलाई यथार्थपरक, मुर्त, अर्धमुत तथा अर्मुत, शैलिमा ऐक्रेलिक तथा मिश्रीत रङ्गबाट क्यानभास तथा कागजमा कलाको माध्यमबाट सिर्जना गर्ने बताईएको छ । 
कला सबैका लागी भन्ने नाराका साथ अगाडि बढेको संस्थाले आफ्नो अभियानलाई सफल बनाउनका लागी महोत्सवमा सहभागी सबैलाई आग्रह गरेको छ । पहिलो चरणमा महाशिवरात्रीका दिन काठमान्डौँको पशुपतिबाट शुरु भएको संस्थाको अभियान दोश्रो चरणमा गुल्मी जिल्लामा आईपुगेको हो । 
यस संस्थाले कार्यशाला मार्फत कलाका विविध कार्यक्रमहरु वर्ष भरी देशका विभिन्न स्थानमा गर्नै लक्ष्य लिएको छ । यसरी सृजना गरेका कलाकृतिलाई एक बृहत कला प्रर्दशनी मार्फत स्वदेश तथा विदेशमा समेत प्रचार—प्रसार गर्नै जनाईएको छ । 
यस अभियानका साथ अगाडी बढेको संस्थाले प्रथम गुल्मी महोत्सवका अवसरमा गुल्मी जिल्लाका पर्यटकिय क्षेत्रहरु रेसुङ्गा, विचित्र गुफा लगाएतका स्थानहरुको अन्र्तराष्ट्रीय स्तरमा प्रचार—प्रसारमा सहयोग पुग्ने विश्वास ब्याक्त गरिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग