Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सवको मोटरसाइकल बम्पर उपहार शुक्रबार खोलिने

Published on 10:24:00 AM //

मनोज बस्नेत
प्रथम गुल्मी महोत्सबको अवसरमा राखिएको मोटरसाईकल बम्पर उपहार यही बैशाख १६ गते शुक्रबारका दिन लाकुरीमञ्च, तम्घासमा खोलिने भएको छ ।

मंगलबार बसेको उद्योग बाणिज्य सघंको बैठकले उक्त निर्णय गरेको हो । साथै संघले गत बैशाख ४ गते देखि ११ गतेसम्म तम्घासमा सम्पन्न प्रथम गुल्मी महोत्सव भब्य रुपले सफल भएको भन्दै महोत्सव सफल बनाउनका लागि सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेको छ । उद्योग बाणिज्य सघं गुल्मीको आयोजना, जिल्ला विकास समिती र रुरु रेसुङ्गा सरक्षण एवं पर्यटन समितीको सहआयोजनामा भएको उक्त महोत्सवमा ४ करोड ५५ लाख भन्दा बढीको कारोवार भएको थियो भने झन्डै १ लाख दर्शकले महोत्सवको अवलोकन गरेका थिए । सोही दिन महोत्सवको आय ब्ययको बिवरण समेत प्रस्तुत गर्ने बताइएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग