Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

असिनाले जनजिवन प्रभावित

Published on 7:00:00 PM //

सीता भण्डारी
सोमबार दिँउसो गुल्मीको सदरमुकाम तम्घास तथा आसपासका क्षेत्रमा पानी सँगै ठुलो मात्रामा असिना परेको छ ।
पानी सँगै परेको असिनाले गुल्मी जिल्लाको सदरमुकाम तम्घास तथा आसपासका क्षेत्रको जनजिवन प्रभावित बनाएको छ । दिँउसो परेको असिनाले गर्दा सदरमुकाम तम्घासबाट ग्रामिण क्षेत्रमा छुटने सवारीका कुनै पनि साधनहरु समेत छुटन सकेनन भने सदरमुकाम तम्घासमा हिँडडुल गर्न पनि समस्या परेको थियो ।
दिउसो ३ बजे पछि परेको असिना साझँसम्म पनि पग्लेको छैन । पानी सगै परेको ठुलो असिनाले यस क्षेत्रका फलफुल, बालीनालीमा ठुलो क्षती पुर्याएको छ ।  गुल्मीको सदरमुकाम तम्घास र आसपासका गाविसहरु अर्खले, सिमिचौर, दुविचौर, गौंडाकोट, विरवास, जुभुङ्ग, वलिथुम लगायतका एक दर्जन भन्दा वढी गाविसहरुमा लगाईएको तरकारी तथा फलफुल जन्य वस्तुमा ८० प्रतिशत भन्दा वढी क्षती पुगेको जिल्ला कृषि विकास कार्यालय गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत नरहरि घिमिरेले जानकारी दिनु भयो । साथै असिनाले गर्दा तम्घास तथा आसपासका क्षेत्रमा निकै चिसो बढेको छ । असिना परेकाले यहाँका स्थानीयवासीहरु हिँउ पर्न सक्ने बताएका छन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग