Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बढ्यो महोत्सवको रौनक (फोटो फिचर)

Published on 5:34:00 PM //

प्रथम गुल्मी महोत्सबको प्रचार-प्रसार तिब्र पारीएको छ । यही बैशाख ४ गतेदेखी शुरु हुने महोत्सवको तैयारी र प्रचार-प्रसारका लागि जिल्लाका बिभिन्न स्थानहरुमा टाँगिएका तुल, ब्यानर, ध्वजा-पताका, पोस्टर, पम्प्लेट र पर्चाहरुले गर्दा सदरमुकाम तम्घासका अलावा सिङ्गै गुल्मी जिल्ला यतिबेला बेहुली जस्तो सिँगारिएको छ ।


महोत्सवकै लागि सिँगारिएको गुल्मी प्रवेशद्वार रिडी पुल । तस्बिर: रुरुरिडी नेटवर्क



रिडिस्थित स्वागतद्वार । तस्बिर: रुरुरिडी नेटवर्क


तुल, ब्यानर र पतकाहरुले झिलिमिली तम्घास बजार । तस्बिरहरु: घनश्याम पौडेल 


महोत्सवलाई सफल बनाउने सम्बन्धी छलफलमा सहभागिहरु । तस्बिर: जनार्दन घिमिरे
महोत्सवको पुर्वसन्ध्यामा तम्घास बजार सफा गर्दै स्थानिय । तस्बिर: जनार्दन घिमिरे
गुल्मी महोत्सवकै अवसरमा आयोजित रम्बा गुल्मी तारा २०६८ का लागि प्रतिस्पर्धा गर्दै गुल्मी शान्तिपुरकि अनिता गौतम । । तस्बिर: जनार्दन घिमिरे

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग