Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाज कतारको वार्षिक भेला सम्पन्न

Published on 3:11:00 PM //

द्रोण बस्नेत
गुल्मी सेवा समाज दोहा कतारको वार्षिक भेला तथा नयाँ बर्ष २०६८ को शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

समाजका अध्यक्ष श्री द्रोण बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजका सदस्य मीनुराम पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो भने समाजका सह सचिव भीम तरामु मगरले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनेट मौनधारणबाट शुरु गरिएको कार्यक्रममा कार्य समितीका निष्कृय पदाधिकारी तथा सदस्यहरुलाई पदमुक्त, रिक्त स्थानमा पद पूर्ती, एक बर्षे कार्यकालको समिक्षा समेत गरिएको थियो । गुल्मी सेवा समाज कतारका सचिव श्री भरत सापकोटाले संस्थाको सांगाठनिक तथा आर्थिक प्रतिवेदन पढेर सुनाउनुका भएको थियो ।
साथै नवर्ष २०६८ को शुभकामना  आदन प्रदान गर्दै गुल्मी सेवा समाज दोहा कतारको मातहतमा रहने गरी खेलकुद तथा सांस्कृतिक विभाग गठन गरिएको छ । भेलाले सर्वसम्मत मनोनित गरेका पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष विजय विक्रम बस्नेत, द्धितिय उपाध्यक्ष प्रकाश पौडेल, कोषाध्यक्ष वुद्ध बहादुर पाण्डे, सहकोषाध्यक्ष राजु पाण्डे र सदस्यहरुमा देवेन्द्र रोका मगर, प्रेम कुँवर, मित्र बहादुर वि क, हरी कुँवर, रमेश जि.सी., विष्णु घर्तीमगर, सुरेश बोहोरा रहेका छन ।

यसैगरी संस्थाको संरक्षकमा यज्ञमुर्ति खरेल, सल्लाहकार समितीमा तिलक शाही, लक्ष्मण पौडयाल, टिका बहादुर कार्की, भिमकान्त पन्थी र विवेक ज्ञवाली रहेका छन् । त्यसैगरी खेलकुद तथा सांस्कृतिक विभागमा संयोजक मिनुराम पाण्डे, सह संयोजक विजयविक्रम बस्नेत, सचिव विष्णु घर्तीमगर, कोषाध्यक्ष दिलीप पुन, सदस्यहरुमा लिला चन्द, लिला थापा र कमल परियार सदस्य रहनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग