Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सवले आयआर्जनमा सहयोग पुर्याउने

Published on 8:51:00 PM //

नेपाल पर्यटन मन्त्रालय पर्यटन वर्ष २०११ का सचिवालय उपसचिब हेम कुमार ज्ञवालिले गुल्मीमा पहिलो पटक हुन लागेको प्रथम गुल्मी महोत्सव २०६८ ले गुल्मीका स्थानीय बासिन्दाको लागी आयआर्जन र रोजगारीको वातावरण श्रृजना गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

महोत्सवको विषयमा गुल्मी उद्योग वाणिज्य संघको सभाहलमा भएको छलफल कार्यक्रममा उपसचिब ज्ञावलीले नेपालमा हुने प्रायःमहोत्सव नारामा मात्र सिमित हुने गरेको बताउदै उहाँले गुल्मी जिल्लामा पहिलो पटक हुन लागेको महोत्सवले गुल्मेली जनताको आर्थिक जिवनस्तर उकास्नका लागी मद्दत पुग्ने बताउनुभयो । 
गुल्मीमा यहि बैशाख ४ गतेदेखी ११ गते सम्म सञ्चालन हुन लागेको महोत्सवको तयारी, प्रचार—प्रसार लगाएतका विषयमा जानकारी लिनको लागी मन्त्रालयबाट गुल्मी आईपुग्नु भएका ज्ञावलीलाई प्रथम गुल्मी महोत्सव आर्थिक समितिका संयोजक राजेन्द्र प्रसाद श्रेष्ठ, सचिवालय समिति संयोजक कृष्ण प्रसाद पोख्रेल र प्रचार—प्रसार समितिका संयोजक दुर्गा प्रसाद पाण्डेयले महोत्सवको तयारी अन्तीम चरणमा पुगेको जानकारी गराउनुभएको थियो । 
छलफलका क्रममा उपसचिब ज्ञावलीले महोत्सवका विषयमा व्यानर, पोष्टर लगाएतका स्टलहरुको राम्रो संग अवलोकन गरेको र खुसी लागेको बताउँदै यो महोत्सवले गुल्मी जिल्लाका ७९ वटै गाविसलाई समेट्नु पर्ने बताउनुभयो । आयोजक गुल्मी उधोग वाणिज्य संघका पदाधिकारीले भने गुल्मीका सबै गाविसमा यातयातका साधन पुगेको र आफुहरुले सबैलाई समेटेर महोत्सव गर्ने प्रतिवद्धता जनाएका थिए । 
साथै ज्ञावलीले गुल्मीमा अहिले सम्म प्रचार—प्रसारको अभावमा ओझेलमा परेका प्राकृतिक सम्पदाहरुको संरक्षण र पहिचाहनमा महोत्सवले टेवा पुर्यौने आशा ब्याक्त गर्नुभएको गुल्मी महोत्सव सूचनाकेन्द्र प्रमुख गगनशिला खड्काले जानकारी दिनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग