Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ग्रुप फोर्स टोली गुल्मीमा

Published on 8:54:00 PM //

गगनशिला खड्का
प्रथम गुल्मी महोत्सव २०६८ लाई सुरक्षीत र व्यवस्थीत बनाउनका लागी परिचालन हुने सुरक्षा गार्ड ग्रुप फोर्सको टोली गुल्मीको सदरमुकाम तम्घासमा आईपुगेको छ ।
१६ जनाको सहभागीतामा तम्घास आईपुगेको टोलीले बुधबार देखी नै आफ्नो काम थाल्ने स्वयम सेवक परिचालन समितिका संयोजक श्री प्रसाद भलामीले बताउनुभयो। टोलीले विशेष गरी प्रथम गुल्मी महोत्सवमा राखिने स्टलहरुको रातीमा सुरक्षा प्रदान गर्ने  भलामीले जानकारी गराउनुभयो । महोत्सवमा हुने असुरक्षालाई मध्यनजर गर्दै बुधबारदेखी नै ग्रुप फोर्स टोलीलाई परिचालन गरिएको हो ।
ग्रुप फोर्सका साथै महोत्सव समय अवधिभर स्वयम सेबक समेत परिचालन गरिने जनाईएको छ । उक्त टोली बैशाख १६ गतेसम्म नै गुल्मीमा रहने र टोलीलाई खाना वस्नको व्यवस्था आयोजकलेनै गर्नै बताईएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग