Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घरमा चट्याङ पर्दा एक घाइते

Published on 5:10:00 PM //

पी.एम.मगर
आज विहान चट्याङ्ग लागेर घाईते हुँदा गुल्मी थानापतिका एक जनाको अवस्था गम्भिर रहेको छ । विहान ८ वजेतिर थानापति गाविस वार्ड नं. ७ निवासी छिताराम ज्ञवालीको घरमा चट्याङ्ग पर्दा उहाँका १६ वर्षीय नाती मिलन ज्ञवाली गम्भिर घाईते हुनुभएको छ ।
अचेत अवस्थामा रहेका मिलनलाई उपचारका लागि पाल्पा स्थित मिसन अस्पतालतर्फ लैजान लागिएको त्यहाँवाट गुल्मी क्षेत्र नं. २ का पुर्व संसद कमल श्रेष्ठले जानकारी दिनुभएको छ । चट्याङ्ग लागेर छिताराम ज्ञवाली समेत सामान्य घाईते भएको र घरमा गरिएको सवै वाईरिङ्ग समेत जलेर नष्ट भएको पुर्व संसद श्रेष्ठले वताउनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग