Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चट्याङले दुईको मृत्यु

Published on 12:54:00 PM //


नवलपरासीमा गए राति परेको चट्याङमा परी एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेमा नवलपरासीको नयां बेलहानी ८ निवासी ४५ बर्षीया महिला बुद्धिमाया थापा र उनका १२ बर्षीय छोरा सनि थापाको घटना स्थलमै मृत्यु भएको हो । 
चट्याङ्ग लागेर गम्भिर घाईते थापाकै छोरा र छोरी उत्तम थापा र मिथुन थापाको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।
नवलपरासीको धुरकोट गाँउ बिकास समितिमा केहि दिन पहिले परेको चट्याङ्गका कारण दुई जनाको मृत्यृ भैसकेको छ । उता गएराति आएको हावाहुरीले नवलपरासीको झ्यालटुङ्गडांडां स्थित माओबादी चोथौ डिभिजन मुख्यालय सहित अन्य सहायक शिबिरका करिब एक दर्जन घर टहरा भत्काएको छ ।
मुख्यालय झ्यालटुङ्गडांडांका अनुसार मुख्य शिबिरमा ५ वटा, नवलपरासीमा रहेको सहायक शिबिर हात्तीखोरमा ४ वटा र रुपन्देहीको सैनामैना सहायक शिबिरमा ५ वटा घर भत्किएको हो । साथै मुख्यालयमा बिजुली बत्ती र टेलीफोन सेवा समेत अबरुद्ध हुदा जनसेना समस्यामा परेका मुख्य शिबिरका डिभिजन सहकमाण्डर महानले जानकारी दिनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग