Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आमा गर्भवती छिन्

Published on 1:47:00 AM //

-रेशम कुमार श्रिस "निराश बिरही"

आज विश्वमा बिक्दै छिन् मेरी आमा 
भित्रका चोटलाई आँशुलाई झिक्दै छिन् आमा 
छिया-छिया भएर टुटेका काँचका टुक्राहरु 
कैले नसजिने गरी पुछिएका सिन्दुरहरु 
कैले नसजिने गरी लुटिएका पोतेहरु 
हेरेर बेस्सरी बिलौना गर्दै छिन् आमा 
श्वेत बस्त्रमा छोरी-बुहारीहरु देख्दा 
टुहुरा टुहुरी नाती नतिनाहरु देख्दा 
डाँको छोडी शोकले रुदै छिन् आमा 
जुनै युध्दमा पनि आफ्नै सन्तान मर्दा 
हरेक बिध्वंसमा आफ्नै सन्तान पर्दा 
खग्रास भई चिच्च्याइ चिच्च्याइ रुदै छिन् आमा 
देश बिकासको लागि जन्माएको सन्तान 
सुमार्ग र सुनितिको लागि पोशेको सन्तान 
आफ्नो आत्मरक्षाको लागि भरोसाको सन्तान 
जिबनकालको साहाराको सन्तान 
यसरी दिन परदिन आफ्नै आँखा अगाडि मर्दा 
मुर्छा परी बेस्सरी रुदै छिन् आमा 
आफ्नो सौन्दर्यमा रगतका दाग हेरी 
पटक-पटक सम्झौताका बाटाहरु खोज्छिन 
कलंकीत भैसकेको आफ्नो इज्जत फेर्न 
धेरै पल्ट आफ्ना आभुषण फेर्छिन 
अनी निराश बनेर थचक्क बस्छिन 
इज्जत लुटिएको स्त्री झै 
युद्धमा हारेको सिपाही झै 
निवस्त्र ,निर्बल र एक्ली भएकी छिन् 
उदाङ्गो इज्जतको खुलेआम लीलाम हुँदैछ 
छाती माथि सपुतहरु युद्ध लड्दैछन् 
आमा पिडाले छट्पटाइ रहेकी छिन् 
कराइ-कराइ रोएकी छिन् 
फेरी अर्को गर्भधारण गर्ने सोचमा 
नयाँ निती नियम ल्याउने प्रयासमा 
निर्लज्जा निसंकोच सयमसंगै 
फेरी खुलेआम सम्भोग गर्दै छिन् 
भोलिको बिहानी नौलो बिहानी हुने आशामा 
फेरी गर्भधारण गरेर 
आफ्नो साहारा बनाउदै छिन् 
आत्मारक्षाको रक्षक खोज्दैछिन 
जसले सुनिती र सुमार्ग देखाओस 
शान्ती र बिकासको बाटो समाओस 
यही मिठो पलको लागि आमा 
अनेकौ पिडा सहेर बाँचेकि छिन् 
शान्तिले सास नफेरे पनि 
डर त्रासले भए पनि 
नेपाल आमा फेरी गर्भवति छिन् 
परिवर्तन, शान्ती र बिकास ल्याउने 
एउटा सपुत जन्माउन उनी 
फेरी गर्भवति भएकी छिन् 
आमा गर्भवति छिन् ।। 

भार्से, दबुङ गुल्मी
हाल: बहराईन  

1 comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग