Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओवादीका चन्द्रबहादुर थापा मृत फेला

Published on 4:11:00 PM //

घनश्याम गौतम
माओवादी धुर्कोट रजस्थल गाउँ कमिटि सचिव सोमबार मृत अवस्थामा फेला परेका छन् ।
धुर्कोट रजस्थल–२ का ४० वर्षीय चन्द्रबहादुर थापा जैसीथोक–१ जुके पानीमा सडकबाट झण्डै ५० मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । थापाको हत्या हो वा आँफै लडेर मरेको भन्ने विषयमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरक्षक राजु शमाले बताए ।
घटना अनुसन्धानका लागि प्रहरी नायव उपरिक्षक राजकुमार बैदवार सहितको टोली नै घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । थापाको शव मोटरेबल सडकबाट झण्डै ५० मिटर तल अप्ठ्यारो कोप्चेरामा फेला परेकोले हत्याको आशंका बढेको प्रहरीले जनाएको छ ।
आइतवार साँझ स्थानीय धुर्कोटकोट मर्मतको जिम्मा लिएका थापा आइतवार साँझ काम रेखदेख गर्न भन्दै घरबाट निस्केका थिए । सोमबार
विहानसम्म पनि नर्फकिएपछि खोजी गर्दै जाँदा मृत अवस्थामा भेटिएको परिवारले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग