Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाबुराम ३५ औं प्रधानमन्त्री, १८ औं पटक पनि हारे पौडेल

Published on 7:53:00 PM //

गोरखा, खोप्लाङको किसान परिवारमा जन्मिएका बाबुराम भट्टराई नेपालको ३५ औं प्रधानमन्त्री बनेका छन्। आइतबार संसदमा भएको चुनावमा माओवादी उपाध्यक्ष भट्टराई  ३४० मत प्राप्त गर्दै प्रधानमन्त्री निर्वाचित भएका हुन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका ५ दल सहित माले समाजवादी, नेकपा संयुक्त, जनमुक्ति पार्टी, नेकपा एकीकृत, राष्ट्रिय जनमोर्चा सहितका दलले बाबुराम भट्टराईलाई मतदान गरेका थिए ।
बौद्धिक प्रखरता, स्पष्ट भिजन र आर्थिक अवधारणा कारण भट्टराई सर्वसाधारणबीच चर्चामा छन्। ऐतिहासिक महत्वको संक्रमणकालमा प्रधानमन्त्री भएका भट्टराईको परीक्षा संविधान निर्माण र शान्ति प्रक्रिया निष्कर्षले निर्धारण गर्नेछ  ।
यसअघिको प्रधानमन्त्री चुनावमा १७ पटक पराजित भएका नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल आइतबार पनि पराजित भएका छन्। संसदमा भएको मतदानमा उनले २३५ मत प्राप्त गरे।
पौडेललाई एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टीले समर्थन गरेका थिए।
प्रधानमन्त्री चुनाव सुरु हुनुअघि पौडेलले शान्ति सम्झौताको स्पिरिटबाट बाहिरि जान खोजिएको भन्दै त्यसलाई समातेर निष्कर्षमा पुर्‍याउन लोकतान्त्रिक नेतृत्व आवश्यक भएको जिकिर गरेका थिए ।
(नागरिक न्यूजबाट)

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग