Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बुझाउन खोज्छु यो मनलाई

Published on 3:40:00 AM //

-शिव प्रकाश
बुझाउन खोज्छु यो मनलाई झन् दुखेर आउँछ,
विर्सन खोज्छु ती दिनलाई झन् बल्झेर आउँछ ।

मीठास बोली मनपेट जाली था’पाउनु कसरी,
अँगालो  हाली  धसेको  छुरी  विर्सनु  कसरी ?
मन हुन्छ ठान्थे त्यो छातीभित्र ढुंगो पो रहेछ
उही छ भन्थे त्यो मान्छेभित्र अर्कै पो  रहेछ ।

रूप  हो  कति, कति  हो कति ? एउटै  मान्छेको
देख्दामा उस्तै भोग्दामा बेग्लै स्वरूप मान्छेको !
भित्रको मान्छे चिनिन्न कहिले आँखाले देख्दैमा
आफ्नै भाग्य देखिन्न कहिल्यै भावीले लेख्दैमा



फेब्रुअरी २, २०१०। बोस्टन ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग