Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

साधारण सभाको तैयारी पुरा

Published on 1:39:00 AM //

गुल्मी संपर्क समिती दक्षिण कोरियाले आगामी ११ तारिखमा साधारण सभाको सम्पूर्ण तयारी पुरा भएको छ ।  दक्षिण कोरियामा रहेर विभिन्न पेशामा आबद्द गुल्मेली सबैलाई आग्रह समेत गर्दै आगामी साधारण सभामा वार्षिकी आर्थिक विबरण समेत प्रस्तुत गर्ने  संस्थाका अध्यक्ष गान्धिव सुबेदीले जानकारी दिएका छन । 
आगामी दिनमा गुल्मी संपर्क समितीले दक्षिण कोरियामा आयोजना गर्ने विभिन्न सामाजिक कार्यहरुको बिषयमा समेत व्यापक छलफल गरिने जानकारी सुबेदिले दिएका छन । उक्त दिन सम्पूर्ण गुल्मी बासी लाई उपस्थिती हुन आग्रह गर्दै रात्री भोजको समेत संस्थाले आयोजना गरेको छ । अक्टोबर २ मा हुन गैरहेको रेसुङ्गा रनिङ कप भलिबल प्रतियोगिताको सम्पूर्ण पूर्व तयारी पनि पुरा भईसकेको जानकारी प्राप्त भएको । चिट्ठा देखी लिएर सम्पूर्ण कार्य सम्पन्न भईसकेको जानकारी दिंदै टाइसिट सेप्टेम्बर २५ तारिखमा खोलिने अवगत गराएका छन । कोरियामा रहेका विभिन्न जिल्लाबासी खेलाडिहरुले यथासिघ्र उक्त दिन बिहान सम्म गुल्मी संपर्क समितिमा दर्ता गर्न समेत आग्रह गरेका छन । कोरियामा रहेका व्यबसायी मजदूर सबैलाई आफ्नो ठाँऊ बाट सहयोग गरिदिनुहुन समेत समितिले सबैमा अनुरोध गरेको छ  ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग