Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

२७ बर्षीया युवतीले जन्माइन तिम्ल्याहा सन्तान

Published on 2:59:00 PM //

जनार्दन घिमिरे
गुल्मीको जिल्ला अस्पतालमा आज विहान एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकि छन् । गुल्मीको दरवारदेवीस्थान गाविस २ चारपाला निवासी २७ वर्षीया अनिता खत्रीले एक छोरी र दुई छोरा सहित उक्त तिम्ल्याहा सन्तान जन्ममाउनु भएको हो । सुत्केरी वेथालागेपछि गएराती चारपालावाट तम्घास अस्पतालमा भर्ना भएकि खत्रीले आज विहान आधा घण्टाको अन्तरालमा तीन सन्तान जन्माएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर हरिवहादुर केसीले जानकारी दिनु भएको छ । खत्रीले जन्माएको वच्चाहरु मध्य छोरीको तौल १ केजी ४ सय ग्राम छ भने छोराहरुको १ केजी ५ ग्राम र १ केजी २५ ग्राम रहेको डाक्टर त्रिभुवन झाले वताउनु भएको छ । खत्रीका श्रीमान भने नेपाल प्रहरीमा हाल मुस्ताङ्गमा कार्यारत रहनु भएको छ । खत्री दम्ततिका यस अघि ५ वर्षीय एक छोरा समेत छन् । तीन सन्तानहरुमध्य एकको अवस्था अली गंभिर रहेको र अन्य दुईको अवस्था भने सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ । सुत्केरी आमा सहित उक्त वच्चाहरुलाई थप उचारकालागि अहिले पाल्पाको मिशन अस्पतालमा लगिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग