Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 3:08:00 AM //

-"निराश बिरही" रेशम श्रीस
नजर सामु ताली बजाउने देखी डर लाग्छ
पिठ्युँ पछी छुरा धसाउने देखी डर लाग्छ

साथै हुँदा भावनामा, मिठा-मिठा बात गर्दै
बातैमा जुन-तारा खसाउने देखी डर लाग्छ

बिना आधार त्यसै, सपनाका बिम्बहरु
ती मनै मनमा सजाउने देखी डर लाग्छ

कहीँ कतै भेट्दा, बोल्दै नबोलीकन चुपचाप
छल कपटले तिर चलाऊने देखी डर लाग्छ

ओठमा मन्द मुस्कान, लजालु घुम्टो भित्र
बचनले मन मुटु गलाउने देखी डर लाग्छ

हृदयमा खोट राखी, बोलीमा मिठास छर्ने
स्वार्थी नियतले फसाउने देखी डर लाग्छ

आफ्नो दुनो सोझ्याई अरुको इज्जतमा
खुलेआम दुनियाँ हँसाउने देखी डर लाग्छ


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग