Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेता र नेतृको ‘च्याट’मा नखरा

Published on 2:42:00 AM //

मानिसहरूलाई भ्रम हुन सक्छ, इमेल, इन्टरनेट तथा च्याटले ‘टिन एज’लाई मात्रै बिगारेको छ भनेर । तर, छोराछोरीका बाबुआमा भइसकेका राजनीतिक दलका नेताहरू पनि दीपकराज गिरीको ‘तीतोसत्य’मा जस्तै च्याटमार्फत अवैधानिक प्रेममा लिप्त हुँदारहेछन् भन्ने सुन्दाचाहिँ धेरैलाई अनौठो लाग्न सक्छ । 
कम्युनिस्ट पार्टीका नेताले यस्तो काम गरेका भए उनीहरू सोझै कारबाहीको सिकार हुने थिए । तर, कांग्रेस हुनुको सुन्दर पक्ष नै यही रहेछ कि उनीहरूबीच हुने प्रेमालापलाई न पार्टी अनुशासनले छेक्दोरहेछ न त घरपरिवार वा बुढ्यौलीले नै ! कांग्रेसभित्रको यस्तो स्वच्छन्दतालाई चर्चित युवा नेता चन्द्र भण्डारी र अमेरिका निवासी कांग्रेस नेतृ मृदुला कोइरालाबीचको सुमधुर सम्बन्धले पुष्टि गरिदिएको जनआस्था साप्ताहिकले छापेको छ । हाल नेपालमै रहेकी मृदुलाले मंगलबार एउटा दैनिक पत्रिकामा लेख लेखेर नेतृत्वको आदर्शबाट कार्यकर्ताले पाठसिक्नुपर्ने बताएकी छन् ।
कांग्रेस सभापति सुुशील कोइराला अमेरिका जाने वेलामा गुल्मेली कांग्रेस नेता भण्डारी र अमेरिकामा जनसम्पर्क समितिमा कार्यरत मृदुलाबीच भएको च्याट संवाद थाहा पाउने हो भने मानिसलाई लाग्न सक्छ कि दुवैजना अविवाहित र भर्खरका लक्का जवान होलान् । तर, यी दुवैजना विवाहित एवं सन्तानका अविभावकसमेत हुन् । तथापि, उनीहरूको संवाद स्वच्छन्द र यस्तो प्रेमपूर्ण छ कि प्रेमको तिर्खा मेट्न नपाएकाहरूले यो संवाद सुन्ने हो भने सायद डाहले जल्नेछन् । भण्डारी संविधानसभाको चुनावमा गुल्मी-२ मा एमाले नेता प्रदीप ज्ञवालीसित चुनाव हारेका युवा नेता हुन् ।
मृदुलाले भण्डारीलाई च्याटमा रोमनमा लेख्छिन्- ‘जय नेपाल’ । भण्डारी जवाफ दिन्छन्-’नो नो, नो जयनेपाल ।’ मृदुलाको जिज्ञासा- ‘किन ?’ भण्डारीको जवाफ- ‘जयनेपाल भन्दा टाढाको जस्तो लाग्छ, त्यसैले ।’ नेपाली कांग्रेसका नेता-कार्यकर्ता एकापसमा भेट्दा जयनेपाल भन्ने गर्छन् र यसबाट उनीहरू आत्मीयताको महसुस गर्छन् । तर, युवा नेता भण्डारीले ‘जय नेपाल’लाई टाढाको सम्बन्ध मान्दा रहेछन् भन्ने कुरा पनि उनीहरूबीचको च्याट संवादबाट स्पष्ट हुन्छ ।
काठमाडौंमा रहेका भण्डारीलाई मृदुला अमेरिकाबाटै प्रश्न गर्छिन्- ‘किन म त्यति नजिकको छु र ?’ भण्डारी जवाफ लेख्छन्- ‘हो, त्यो पनि भन्नुपर्छ र ?’ मृदुला ‘डिस्कोर्स’मा गहिरिन्छन् -’अब त कुरा गर्ने बानी परिसक्यो है, एक दिन कुरा नगर्दा पनि कस्तो-कस्तो लाग्छ है !’ एकछिन ढिलो हुनासाथ भण्डारी पिरोलिन्छन्, ‘महेन्द्रकी दिदी कता हराएको ?’ मृदुला भन्छिन्-’म सबैको दिदी हाहा ।’ यसमा भण्डारीको आपत्ति छ- ‘तर मेरो हैन नि !’ मृदुला आफ्नो उमेर स्मरण गराउँछिन्- ‘म बूढीमान्छे सबैको दिदी ।’ तर, भण्डारी यो मान्ने पक्षमा छैनन्, भन्छन्- ‘नो, यु आर योङ, ब्युटीफूल । आइ लभ यू ।’ भण्डारीको प्रस्तावप्रति मृदुलाको सकारात्मक जवाफ छ- ‘मी टु ।’
अर्काका श्रीमान्/श्रीमतीबीचको यस्तो प्रेम संवाद व्यवहारिकतामा प्रवेश गर्छ । युवा नेता भण्डारी प्रस्ताव गर्छन्- ‘नेपाल आऊ न, बसेर रमाइलो गरौँला ।’ मृदुलाको जवाफ छ- ‘सुशील -कोइराला) अमेरिका आउने कुरा छ । म सँगै फर्किन्छु अनि बसेर रमाइलो गरौँला नि है !’
भण्डारी एकाएक अर्काे प्रस्ताव थप्छन्- ‘स्काइपीमा आऊ न कस्तो हेर्न मन छ ।’ मृदुला भन्छिन्- ‘ल ल म आइहाल्छु ।’ मृदुलाले केही मिनेट ढिलो गरेपछि भण्डारी आफूलाई सम्हाल्न सक्दैनन् र मृदुलालाई हप्काउँछन्- ‘किन ढिलो ?’ जवाफ आउँछ- ‘त्यो केदार काले -पत्रकार केदार कोइरालासँग कुरा गर्दै छु क्या ! एलेक्सन हारेछ नि !’ केदार कोइरालाले पत्रकार महासंघको चुनाव हारेको प्रसंग कोट्याउँदै कांग्रेस नेतृ मुदुला भन्छिन् । उता युवा नेता भण्डारी खट्पटिँदै भन्छन्- ‘ल ल छिटो आऊ न नानू मैले कन्ट्रोल नै गर्न सकिनँ लभ यू डियर ।’
दुई नेताबीच भएको यो रमाइलो च्याट संवादपछि कांग्रेस सभापति सुशील कोइराला अमेरिका गएर नेपाल फर्किसकेका छन् र मृदुला पनि उनले च्याटमा भनेझैँ सुशील कोइरालासँगै नेपाल आएकी छन् । सभापति कोइराला आफ्ना भान्जालाई अमेरिकामै छाडेर मृदुलालाई लिएर नेपाल फर्किएपछि भान्जाचाहिँ अलि पछि एक्लै फर्किएका थिए । कांग्रेसजनको बुढेसकालको यो प्रेम प्रसंग अहिले कहाँ पुगेको होला ? हामी केवल अनुमान मात्रै गर्न सक्छौँ । सूत्रहरूका अनुसार, नेपालमा रहँदा मृदुला र भण्डारीबीच निरन्तर भेटघाट भइरहेको छ ।
(अन्लाईन खबर डट कमबाट साभार)

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग