Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका गौतम बेलायतकै उत्कृष्ट व्यापारी, अन्लाईनबाटै अर्बपती

Published on 6:09:00 PM //

१३ बर्षको कलिलो उमेर देखी नै मोबाइल फोनको बिभिन्न पाटपुर्जा र एक्सेसोरी बेच्न शुरु गरेका एक गुल्मेली किशोर अहिले अन्लाईन ब्यापारबाट अर्बपती बन्न सफल भएका छन । युकेमा स्थाई बसोबास गर्दै आएका गुल्मी अमरपुरका २१ बर्षे सुदिप गौतम युकेकै सबै भन्दा बढी सामान विक्री गर्ने व्यापारी भएका हुन । उनी बिश्वकै चर्चित अनलाईन किनमेल गर्ने वेबसाईट ईवेमा (www.ebay.com) बेलायतकै सबैभन्दा ठूलो विक्रेता  बन्न सफल भएको हालै ईवे की प्रवक्ताले पुष्टि गरेकी छन ।
गौतमले हाल बाषिर्क ३० लाख पाउण्डको कारोवार गर्छन भने इबेबाट दैनिक दुई हजार भन्दा बढि सामाग्री बेच्छन् । एक नेपाली मुलको नागरिकले वेलायतमा पाएको यो सफलतालाई बेलायतसहित बिश्वका अग्रणी संचारमाध्यमले प्राथमिकताका साथ प्रकाशन गरेका छन् । गौतमले आफ्नो नाम परिवर्तन गरि डारियो लोपेजका राखेका छन् । आफ्नो छुट्टै पहिचान बनाउन आफुले नाम परिवर्तन गरेको गौतम बताउँछन् । केही बर्षअघि आमालाई ढाँटेर क्रेडिटकार्ड मार्फत डोमेन दर्ता गरेका गौतमले त्यसयता घरमै बसेर मोवाइल, सीम तथा मोवाइका सामाग्री खरिद बिक्रिको काम गर्दथे । 
सुरुमा घर देखी नै ब्यापार गर्दै आएका सुदिपले अहिले घरबाट ब्यापार गर्न गाह्रो भएको र ठाउँ पनि सानो भएको भन्दै एउटा ठुलो गोदमबाट करोबर गर्न सुरु गरेका छन । अहिले उनको कम्पनीमा १३ जनाले रोजगारी पाएका छन भने कारोवारलाई उनले निरन्तर फैलाइरहेका छन् । छोराले पाएको सफलता देखेर बुबा दिनेश गौतम र आमा सुशिला गौतम पनि दंग छन् । आफु यो स्थानमा आइपुग्न आफ्ना कर्मचारी र ग्राहकको ठूलो हात रहेको सुदिप बताउँछन् । बजारमा आएका नयाँ नयाँ सामाग्री राख्ने, ग्राहकले किन्नुअघि र पछि पनि राम्रो सेवा उपलब्ध गराउने आदि कारणबाट ग्राहकमाझ आफ्नो बिश्वसनीयता बढेको गौतम बताउँछन् ।देख्दा सजिलोजस्तो भएपनि एकदमै धेरै जोखिम रहेको बताउने गौतम ग्राहकलाई आफ्ना सामाग्री चित्त नबुझे नयाँ सामाग्री दिने वा पैसा फिर्ता गर्ने बताउँछन् । आफ्नो ब्यापारलाई युरोपभरि विस्तार गर्ने योजना भएपनि नेपालमा यस्तो ब्यबसाय संचालन गर्न हुलाक सेवा भरपर्दो नभएको उनको ठम्माई छ । 
लण्डन म्याजिक स्टोर को नामबाट ई वे मा ब्यापार गर्दै आएका सुदिपले आफुले यस्तो स्थान पाउदा निकै उत्साहित भएको वताएका छन् । आफुलाई यो स्थानमा ल्याउन सहयोग गर्ने आफ्ना कम्पनीका सवै साथीहरुप्रति आभार प्रकट गरेका छन् ।
ग्राहकले गरेका ईमेल, जिज्ञासा र उनीहरुका हरेक प्रकारका सुझावलाई कदर गरेकाले आफु यो स्थानमा आइपुगेको गौतमले वताए । बेलायतमा प्रकासित हुने बिभिन्न पत्रपत्रीकाले यो बिषयलाई प्रथामिकता दिएर छपेका छन, बेलायतकै बि सी, मिरर आदी संचारमाध्यमले आफ्नो वेबसाईटमा पनि समाचार सम्प्रेशन गरेका छन । ८ महिना अघी ई वे मा दैनिक ७ सय देखी ८ सयवटा समान विक्री हुने गरे पनि अहिले दैनिक २ हजार भन्दा बढी विक्री हुने गरेको गौतमले वताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग