Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भिरवाट लडेर एक व्याक्तिको मृत्यु

Published on 2:45:00 AM //

पि.एम.मगर
भिरवाट लडेर गुल्मीको हाडहाडे गाविसमा एक जना व्याक्तिको मृत्यु भएको छ । रुख काट्ने क्रममा स्थानीय घाटाखोलाको भिरवाट लडेर हाडहाडे गाविस वार्ड नं. ६ भञ्ज्याङ्ग निवासी ५८ वर्षीय तेजमान काला मगरको मृत्यु भएको हो । भिरवाट करिव एक सय मिटर तल खसेका मगरको घटनास्थलमै ज्यान गएको स्थानीय मनोज राना मगरले जानकारी दिए । मृतक मगरको एक श्रीमति, एक छोरा र दुई छोरी छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग