Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाह ! यस्तो पो भैलो त ! (फोटो फिचर)

Published on 1:47:00 AM //


केही दिन पहिला गुल्मीन्युजमा गुल्मीको रिडिमा आयोजना गरिएको देउसी भैलो कार्यक्रम "भईलेनी आईन आँगन साँझ" को फोटो फिचर राखेको थिए सायद हेर्नुभयो होला पनि । हेर्नुभएको छैन भने यहाँ क्लिक गरेर हेर्न सक्नुहुनेछ । उक्त कार्यक्रमका तस्बिरहरु हेरिसकेपछी धेरै मित्रहरुले नेपाली पन भेटिएन, पश्चिमा सँस्कृतिको दरो प्रभाव देखियो भन्ने जस्ता गुनासा सहितका कमेण्ट गर्नुभएको छ । हुन पनि गुन्यो चोली या भनौँ न आफ्नै भेष-भुषामा मौलिक लोक साँस्कृतिक प्रस्तुतीहरु खासै देखिएको छैन । अब यसलाई राम्रो नराम्रो कसरी लिने भन्ने छुट त तपाईं पाठकहरुलाई नै छ ।
यसै बिच शान्तिपुरबाट गुल्मीन्युज सहयोगी तेजेन्द्र थापाले त्यस क्षेत्र आसपासमा खेलिएकको देउसी भैलोका केही तस्बिरहरु खिचेर पठाउनुभएको छ । उक्त देउसि भने पुरै रुपमा फरक र "टिपिकल" :D नेपालीपन झल्काउने खालको छ जस्को सुँईको त तपाईंले माथिको यो तस्बिर हेरेर पनि पाईसक्नु भएको छ । त्यहाँ कुनै आईटम डान्स थिएन, मिनिस्कर्ट र जिन्स पनि लगाएका थिएनन भैली टोलिले न त त्यहा कुनै क्यासेट प्लेअर, माइक वा ठुला ठुला साउण्ड बक्स नै थिए । शान्तिपुर र त्यस आसपासका मगर-मगर्नीहरुको भैलो टोली थियो त्यो । गुन्यु चोली, फुर्के डोरी, घल्याक, टेकी, कम्मरमा पहेलो पटुकी, गलामा पहेलै पोते र पुरै आफ्नै परम्परागत पोशाकमा सजिएका थिए मगर्नी कलाकारहरु । पुरुष कलाकारहरुको पनि खुबै जमेको पोशाक थियो । यसरी परम्परागत पोशाकमा सजिएर, आफ्नै मौलिक लोक भाकाहरु, नचरी, मारुनी, झ्याउरे, ख्याली लगायतका नाच नाच्दै घर घर देउसी भैलो भाट्ट्याउँदै हिंडेको देख्दा यसै यसै भन मन लाग्थ्यो "वाह ! यस्तो पो भैलो त !"      




0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग