Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडिमा ७ करोड बत्ती बालियो (फोटो फिचर)

Published on 3:56:00 AM //

रुरु नेटवर्क
एउटा अभुतपुर्ब र ऐतीहासिक क्षणको सहभागी र साक्षी बन्न पाउँदा रुरु क्षेत्रका सम्पूर्ण बासिन्दाहरुले अत्यन्तै गर्व महशुस गरेका छन हिजो सोमबार । शायद नेपालकै ऐतीहासिक हुन सक्छ तर रुरु क्षेत्रको लागि हिजोको दिन ऐतीहासिक अबश्य रह्यो । नेपालको प्रशिद्ध धार्मिक तिर्थस्थल रुरुक्षेत्रमा बिश्व हिन्दू महासंघ,नेपालको आयोजनामा सोमबार सात करोड दिप प्रज्वलन गरिएको छ । साँझ ६:३० बजे बाट सुरु गरिएको उक्त दिप प्रज्वलनमा दशौ हजार मानिसहरुको सहभागीता रहेको थियो। करीब तीन सय मिटर लामो स्थान ओगटेको उक्त सात करोड दिपको तीन पटक परीक्रमा गर्न पनि झन्डै झन्डै मुस्किल परेको थियो । कार्यक्रममा एक करोड दिप प्रज्वलन गर्ने भनीए पनी अन्तिम दिन सम्म आइपुग्दा सात करोड संकलन हुन गएको हो । कार्यक्रम रिडी बगरमा गरीएको थियो ।
 रिडी बगरमा प्रज्वलन गरिदैगरेको सात करोड दिपको तस्बिर।
 सात करोड दिप प्रज्वलन गर्नुपुर्ब दिप बत्तीलाई पूजा गरिदै।
 रिडी बगरमासात करोड दिप प्रज्वलन गरीदै।
 सात करोड दिप प्रज्वलन गर्नुपुर्ब दिप बत्तीलाई पूजा गरिदै।
 रिडी बगरमासात करोड दिप प्रज्वलन गरीदै।
 दिप प्रज्ज्वलन पश्चात
 दिप प्रज्वलन गर्नुपुर्ब दिप बत्तीलाई पूजा गरिदै।
 रिडी बगरमासात करोड दिप प्रज्वलन गरीदै।
 बल्नु अघी तयारी अवस्थामा बत्तिहरु ।
दिप प्रज्वलन कार्यक्रममा उपस्थितहरु ।
(माथिका सम्पूर्ण तस्बिरहरु रुरु नेटवर्कबाट लिईएको हो ।)   

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग