Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कृति तथा गिती सग्रहं बिमोचन गर्दै यूएईमा देवकोटा जयन्ती मनाइयो

Published on 5:05:00 PM //


उमाकान्त पाण्डे गाउंले    
सर्वदा वाङगमय प्रतिष्ठान यूएई शाखाले गत शुक्रबार ४ नोभेम्बर २०११ का दिन यूएईको राजधानी आवुधाबी स्थित केरला सोसियल सेन्टरको हलमा १०२ औं महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ति भव्यताको साथ मनाएको छ। 

देवकोटा जयन्ती खास गरी लक्ष्मी पूजाको दिन मनाउने प्रचलन भएपनी प्रवासीनेपालीले आफ्नो फुर्सदिलो समय पारी मनाउने प्रचलन रही आएको छ। 

सयुत्त अरब एमिरेट्स यूएईमा नेपाली साहित्यिक ईतिहासमा महत्वपूर्ण धरातलमा उभिएको सर्वदा वाङगमय प्रतिस्ठानले अघिल्ला वर्ष जस्तै यस पाली महाकवी लक्ष्मी प्रशाद देवकोटाको १०२ औ जयन्ती तस्विरमा माल्यार्पण मात्र गरेन उनको सम्झनामा "कविता संग्रह भाग-२" एवम लोक गिती एल्बम "दाउन्नेको डाँडै काटेर" समेत बिमोचन गर्‍यो।  

यूएईमा छरिएर रहेका साहित्यिक श्रस्टाहरु द्वारा लेखिएका कविताहरुको सगांलो कविता भाग -२ तथा गुल्मेली लोक गायक चुमान काउछाको प्रस्तुती लोक गिती एल्बम "दाउन्नेको डाँडै काटेरको" कार्यक्रमका प्रमुख अतिथी दुतावास नियोग उप-नियोग प्रमुख दिपक अधिकारी तथा बिशेष अतिथी एनआरएन केन्द्रिय कोषाध्यक्ष रामेस्वर शाहले एकै पटक आवरण पृष्‍ठ देखाउदै बिमोचन गरे। 

कार्यक्रममा हालै मात्र सम्पन्न गैर आवसिय नेपाली संघ (एनआरएन)को केन्द्रिय अधिवेशन बाट उपाध्यक्षमा निर्वाचित रामेस्वर शाह तथा प्रवासी पत्रकार सन्जालमा सचिवको रुपमा चुनिएका पत्रकार जेपी सापकोटा लाई स्वागत तथा सम्मान गरिएको थियो।

साहित्यिक तथा सास्कृतिक कार्यक्रम गरी दुई चरणमा बिभाजन गरी सन्चालन गरिएको कार्यक्रममा स्थानिय एक दर्जन भन्दा बढी साहित्यिक श्रस्टाले आ-आफ्नो रचना वाचन गरेका थिए। रचना वाचन गर्नेहरुमा अनेसास यूएईका निमेश गिरी, साहित्यकार दिनेश मन्डु, माइनस प्लस सग्रौंला,लगायत थिए।

कार्यक्रममा दुतावास उप नियोग प्रमुख दिपक अधिकारी,एनआरएनका केन्द्रिय उपाध्यक्ष रामेश्वर शाह, प्रवासी पत्रकार सन्जालका सचिव जेपी सापकोटा, प्रवासी नेपाली संघ यूएईका सवाद सचिव श्याम पाठक, लगायतले बोलेका थिए। कार्यक्रममा बोल्ने अधिकाशं वत्ताले नेपाली नेपाली भाषा र सहित्यको क्षेत्रमा दिलोज्यान अर्पण गरि निरन्तर कलम चलाएर आफ्नो नाम भाषा साहित्यको क्षेत्रमा उच्च ओहदामा राख्न सफल महाकवि देवकोटाको सम्मान एवं सम्झनामा सर्वदाले गरेको कार्यक्रमको मुत्तकन्ठले प्रशंशा गरेका थिए। पत्रकार जेपी सापकोटाले देवकोटाको कविता पत्तीं "हातका मैला सुनका थैला के गर्नु धनले? साग र सिस्नु खाएको बेस आनन्दी मनले" सापटी माग्दै आफु पनि अब यिनै शब्दको पालना गर्दै अर्को हप्ता सदैका लागि स्वदेश फिर्न लागेको जानकारी  गराउदै थिए। 
 
कार्यक्रमको दोस्रो प्रस्तुतीमा सास्कृतिक कोशेली निरन्तर पस्किएको थियो। कार्यक्रम संचालक दिपराज नेम्ह्याङको ठट्यौली प्रस्तुतीले हौसिएका दर्शक 
लोक गायक चुमान काउछाको गिती एल्बमको "बि" साइडमा राखिएको गीत : 

"हितको सङगी भेटियो आज 
झन रमाइलो लाई राछ यो साझ
फेरी भेट्ने नगर वाचा 
सजोंगले पार्छ कि यही वास"

प्रत्यक्ष हलमा गुन्जिदा हलको उपल्लो स्टेजमै गएर नाचेका थिए। स्थानिय डेढ दर्जनभन्दा बढी कलाकारले आ-आफ्नो प्रस्तुती देखाएको कार्यक्रममा बिमोचित कृतिको सर्वदा भाग २ कविता सग्रंहको समिक्षात्मक टिप्पणी पत्रकार उमाकान्त पाण्डे गाउंलेले गरेका थिए।

उपस्थित दर्शकमध्ये एकजनालाई गोला प्रथा द्वारा उपहार समेत प्रदान गरिएको थियो। रोलेक्सको घडी उपहार मोरङका भिस्म न्यौपानेले प्राप्त गरेका थिए। सर्वदाका सबैजसो कार्यक्रममा उपस्थित जनाउने रामेछापकी बिमला तमाङगले कार्यक्रम राम्रो लागेको प्रतिकृया दिईन भने स्थानिय कलाकार चन्दा पुलामी मगरले आयोजकको केही ब्यबस्थापन फितलो रहेपनि कार्यक्रम सफल भएको टिप्पणी गरिन। 
 
सर्वदा यूएई प्रतिस्ठानका अध्यक्ष अर्जुन सापकोटाको शभापतित्वमा सम्पन्न कार्यक्रममा अन्य संघसस्थाले आयोजना गर्ने कार्यक्रममा भन्दा दर्शकको पातलो उपस्थिती देखिन्थ्यो। थोरै दर्शक भएपनि उपस्थितहरु कार्यक्रमको अन्तिम समय सम्म पनि कार्यक्रम भईरहेको हल छोडेका थिएनन।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग