Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रोकिराखेको ट्रकलाई बसले ठक्कर दिँदा ४ घाइते

Published on 4:00:00 PM //


विष्णु पौडेल
रोकिराखेको ट्रकमा बस ठोकिँदा गुल्मीको दुविचौरमा ४ जना घाईते भएका छन् । तम्घासबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९७२ नम्बरको बस दुविचौर गाविस २ उर्लेनीदहमा लु १ ख ६१७२ नम्बरको रोकेर राखेको ट्रकसंग ठोकिँदा चालक सहित चार जना घाईते भएका हुन् ।
घाईते हुरुनेहरुमा बस चालक ठेगाना नखुलेका अन्दाजी ३५ वर्षका अशोक थापा सिसे्रनी ७ निवासी वर्ष २६ कि पुजा अर्याल मर्भुङ्ग ५ बस्ने २० वर्षका गोपाल पौड्याल र एक जना ५ वर्षिय बालिका घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाईते चालकको अबस्था गम्भिर रहेकोले थप उपचारका लागी यूनाईटेड मिसन अस्पत्ताल तानसेन लगीएको प्रहरीले जनाएको छ । तम्घास तानसेन सडकखण्डको साँघुरो बाटोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग