Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कफी अनुसन्धान केन्द्र स्थापनाको पहल

Published on 4:52:00 AM //


घनश्याम गौतम
व्यवसायीक अर्गानिक कफी उत्पादन गर्दै आएका किसानहरुले सेतो गवारो नियन्त्रणका लागि अनुसन्धान केन्द्र स्थापना गर्ने भएका छन् ।
केन्द्र स्थापनाका लागि व्यवसायीक किसानहरुको भेलाले निलकण्ठ गौतमको अध्यक्षतामा ३९ सदस्यीय समिति समेत गठन गरेको छ । कफिमा सेतो गवारो प्रमुख समस्याका रुपमा देखा परेको र यसको नियन्त्रण हुन नसकेपछि किसानहरु संगठित भएर अनुसन्धान शुरु गर्न थालेका हुन् ।
किसानहरुकै पहलमा गठन भएको समितिले पौष महिनाभर माटो परिक्षण, कफि उत्पादन क्षेत्रमा बार्षिक हुने वर्षको मापन, सेतो गवारोको उत्पादन र आश्रय लगायतका विषयको अनुसन्धान गरी केन्द्र स्थापना र तालिम लगायतका विषय माग गर्दै काठमाण्डौ डेलिगेसन जाने निर्णय गरेको केन्द्रका सचिव कृष्णप्रसाद पन्थले बताए । समितिले अर्गानिक कफी अनुसन्धान केन्द्र वलेटक्सार-१ सिन्दुरे भण्डारडाँडा नामक सस्था स्थापनाका गर्ने प्रकृया समेत अगाडी बढाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग