Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धेरै मकै उत्पादन गर्ने कृषकहरु पुरस्कृत

Published on 8:58:00 PM //


पि.एम.मगर
मुल्यमा स्थिरता खाद्य सुरक्षामा सुनिश्चितता भन्ने नाराका साथ ३१ औं विश्व खाद्य दिवस जिल्ला कृषि विकास कार्यालय गुल्मीले पनि विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा कार्यालयले सञ्चालन गरेको मुल्यमा स्थिरता खाद्य सुरक्षामा सुनिश्चितता विषयक माध्यमिक विद्यालय स्तरीय निवन्ध प्रतियोगितामा उत्कृष्ट प्रतियोगी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ भने गत वर्ष जिल्लामा धेरै मकै उत्पादन गर्ने कृषकहरुलाई पुरस्कृत गरिएको थियो ।
निवन्ध प्रतियोगितातर्फ प्रथम रिडर्स वोर्डिङ्ग हाईस्कुलका प्रभात गौतम, द्धितीय महेन्द्र उच्च माविका राधिका पन्थी, तृतीय अर्जुन वोर्डिङ्गका योगेश पन्थी र सान्त्वना सिद्धवावा उच्च माविका सागर पन्थीले पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै अघिल्लो वर्ष वढी मकै वाली उत्पादन गर्ने प्रथम तमघास ८ की यमकला पाण्डे, द्धितीय सोही ठाउँका दिपा पन्थी, तृतीय छापहिले गाविसकी कमला घिमिरे र सान्त्वना जोहाङ्ग ५ का रनप्रसाद श्रेष्ठलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । यसरी पुरस्कार प्राप्त गर्दा उनीहरुले आफुहरु थप उत्साहित भएको भन्दै सवै कृषकहरुलाई परिश्रम र मेहनतलाई जारी राखे अवश्य सफल वन्ने वताएका थिए ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले जवसम्म कृषिलाई सम्मानित पेशाको रुपमा लिन सकिँदैन तवसम्म नेपालले अपेक्षित प्रतिफल लिन नसक्ने दावी गर्नुभयो । उहाँले हाम्रो जस्तो कृषी प्रधान मुलुकमा कृषीलाई प्राथमिकतामा राखी यसलाई सम्मानित पेशामा अंगाल्न सके आर्थिक विकासमा छोटो अवधिमा नै फड्को मार्न सकिनेमा जोड दिनुभयो । कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषी विकास अधिकृत नरहरीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सपना पन्थीले स्वागत मन्तव्य तथा मणिरत्न अर्यालको सञ्चालन रहेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग