Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रमझम सत्यवती मेलाको (फोटो फिचर)

Published on 8:36:00 PM //


तेजेन्द्र थापा
कार्तिक २४ गते बैकुण्ठ पुर्णिमाको दिन गुल्मीको महत्वपुर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र सत्यवतिमा बिहीवार देखी भब्य मेला शुरु भएको छ । धार्मिक हिसाबले अति नै महत्वपुर्ण सत्यवती मेलामा हजारौ दर्शनार्थीको उपस्थिति रहेको । यस मन्दिरमा दर्शन गरि वर मागेमा मनोकामना पुरा हुने विश्वासले गुल्मीका ठुलोलुम्पेक, लिम्घा, भार्से, फोक्सिंग, पूर्तिघाट, जयखानी, अस्लेवा लगाएतका गा. बि .स.का  साथै छिमेकी जिल्ला पर्बत, स्यांजा र पाल्पाबाट समेत हजारौ दर्शनार्थीले दर्शन गरि वर माग्न आउने गर्दछन ।

सत्यवती देबीले कन नसुन्ने बहिरी भएकोले चिच्चाएर बर माग्नु पर्छ भन्ने मान्यता यहाँ रही आएको छ । सोहि मान्यता अनुसार पुजारीलाई भेटि दिई आफुले इच्छाएको बर माग्न पुजारीलाई नै पठाइन्छ अनि पुजारीले चिच्चाएर भक्तको लागि वर मागिदिने गर्छन । सो स्थान अलि बिकट स्थानमा भएकोले बढी युवा युवती दर्शनार्थीहरु देखिन्थे । कसैले  धेरै पैसा होस्, कसैले धेरै बिद्या आओस, कसैले राम्रो वर पाऊ, कसैले राम्री बधु पाऊ, कसैले छोरा जन्मोस जस्ता वर पुजारीलाई माग्न लागेका थिए ।
प्रमुख मन्दिर लिम्घा, भार्से, लुम्पेक, जोहाङ र लुम्पेकको सिमानामा पर्ने थाप्लेको लेक नजिकको डाँडामा अबस्थित छ जसलाई बुढी सत्यवती भनिन्छ भने ठुलो लुम्पेक्को शिरमा अर्को मन्दिर छ जसलाई सानो सत्यवती भनिन्छ । दुवै स्थानमा एकै दिन मेला लाग्छ । दुवै मन्दिरमा बोका, कुखुरा, परेवा आदिको बलि दिनुका साथै परेवा उदाइदिने गरिन्छ । बुढी सत्यवती मन्दिरको वरिपरी जंगल रहेको छ बिचमा २ ओटा मन्दिर र मन्दिरको नजिकै प्राकृतिक कुण्डहरु रहेका छन् । बिशाल ढुंगामा मान्छेले कुँदेर बनाए जस्तो लाग्ने ति कुण्डहरु साँच्चिकै विचित्रका छन् । सो कुण्डहरुमा पानी जमेको छ भने सानो सत्यवतीमा भने कुण्ड कृतिम रुपमा बनाइएको छ । बर माग्ने भक्तलाई त्यहि कुण्डमा रहेको जल र फुल दिने गरिन्छ ।
पर्यटनका लागि लोक सांस्कृति र सम्पदाको संरक्षण भन्ने नाराका साथ ठूलोलुम्पेकको सत्यवतीमा ७८ औं लोक सांस्कृतिक मेला सुरु भएको हो । मेलाको सभासद् सुदर्शन बलालले उद्घाटन गरेका छन् । सो कार्यक्रममा स्थानीय कलाकारहरुले  कौडा, मारुनी लगायतका नाच  प्रस्तुत गरेका थिए भने सम्पूर्ण गुल्मीलाई समेटेर तयार पारिएको वृतचित्र "स्वर्ग जस्तै गुल्मी" समेत  प्रदर्शन गरिएको थियो । सो कार्यक्रमा गुल्मी १ का सभासद सुदर्शन बराल, रुरु रेसुंगा संरक्षण तथा पर्यटन विकास समिति गुल्मीका अध्यक्ष निम बहादुर पाण्डे लगाएतको उपस्थिति रहेको थियो ।

सत्यवतीबाट देखिने मनोरम हिम श्रिङ्खला ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग