Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सरकारी अनुगमन तिब्र, टेर्दैनन ब्यापारी (फोटो फिचर)

Published on 8:19:00 PM //

भरत पाण्डे
यो गुणस्तरहित तुरुन्त हटाउ त ः तम्घासको बाख्रेछेडामा राखिएको पसलमा गुणस्तरको प्रमाण लेवल नै नभएको मसला र चिया हटाउन निर्देशन् दिँदै प्रहरी निरीक्षक श्यामु अर्याल र सामान बोरामा राख्दै ब्यापारी । त्यहाँका केही पसलहरुमा गुणस्तरहिन बस्तुहरु भेटीएका थिए ।
यो होटल हो कि भतेर ः तम्घासको बाख्रेछेडामा राखिएको एक होटलमा खाना खान लागेका पाहुनाहरु र अनुगम गर्दै सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, उद्योग बाणीज्य संघका महासचिव कृष्ण प्रसाद पोखरेल, तथा प्रहरी निरीक्षक श्यामु अर्याल । बाख्रेछेँडामा केही अस्थाई होटलहरु सरसफाई नगरीएका र सर्बसाधारणलाई खाने समयमा राम्रो सुविधा नभएका भेटीएका थिए । त्यस्ता होटलहरु सफा राख्न समितीले निर्देशन दिएको थियो ।

किन हो खानेकुरा खुल्लै राखेको ः तम्घासको एक होटलमा तैयार पारीएको नास्ता खुल्ला रुपमा नराख्न निर्देशन दिँदै सहयाक प्रमुख जिल्ला अधिकारप बाबुराम अर्याल तथा उद्योग बाणीज्य संघ गुल्मीका महासचिव कृष्ण प्रसाद पोखरेल लगायत । अनुगमन टोलीले भारतीय भू.पू. सैनिकका लागी तम्घासमा सञ्चालन भैरहेको पेन्सन क्याम्पसको समयमा सर्वसाधारण तथा सेवाग्राहीलाई समस्या उत्पन्न हुने कुनै काम गर्ने व्यावशायी तथा व्यापारीहरुलाई तत्काल कार्वाही गर्ने चेतावनी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, उद्योग बाणीज्य संघका महासचिव कृष्ण प्रसाद पोखरेल, होटल व्याबसायी मञ्चका अध्यक्ष यूवराज भण्डारी, प्रहरी निरीक्षक श्यामु अर्याल, पत्रकार महासंघका सचिव भरत पाण्डेय, प्रेस यूनियनका केन्द्रिय सदस्य जनार्दन लगायतको सहभागीता रहेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग