Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा पहिलो पटक क्याटरिङ्ग शुरुवात

Published on 6:07:00 PM //

अनिल खत्री
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा पहिलो क्याटरिङ्ग सेवाको शुरुवात भएको छ । तम्घास १ क्याम्पस चोकमा पोख्रेली कफी संगम क्याट्रिङ्ग एण्ड टेन्टहाउसका नामले आजबााट संञ्चालनमा अएको छ । आज एक कार्यक्रम गरी सेवाको शुरुवात गरिएको सस्थाका ब्याबस्थापक कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभएको छ । सेवा मार्फत बिबाह ब्रतबन्ध पार्टि सम्मेलन बनभोज जस्ता सामाजिक तथा ब्यक्तिगत कार्यक्रमहरुमा क्याटरिङ्ग सेवा पुयाउन सेवा शुरुवात गरेको पोखरेलले जानकारी दिनुभएको छ ।
होटल ब्यबसायी मञ्च गुल्मीका अध्यक्ष युगराज भण्डारीको अध्यक्षता रहेको उक्त उदघाटन कार्यक्रममा होटल ब्याबसायी महासंघ नेपालका केन्द्रि
य सदस्य मुकुन्दहरि गौतम को प्रमुख आतिथ्यता रहेको थियो । गुल्मी उधोग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेय लगायत जिल्ला स्थित बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि ब्यबसायी पत्रकार लगायतको उपस्थिीती रहेको थियो । पोख्रेली कफी संगम क्याट्रिङ्ग एण्ड टेन्टहाउसका ब्यबस्थापक कृष्ण प्रसाद पोखरेलको स्वागत मँतब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन होटल तथा रेष्टुरेण्ट ब्यबसायी मञ्च अर्घाखाचीका सचिबबाबुराम पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग