Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपालका अपाङ्गलाई बेलायतबाट १५ लाख सहयोग

Published on 3:25:00 AM //


बेलायतवासी नेपालीले नेपालका अपाङ्गलाई आर्थिक सहयोग गरेका छन् । गुल्मी जिल्ला समाज यूकेले विश्व अपाङ्ग दिवसका आयोजना गरेको ‘च्यारिटी डिनर’ कार्यक्रममा बेलायतस्थित नेपाली, नेपाली संघसंस्था र शुभेच्छुकले करिव १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

च्यारिटीबाट संकलित रकम आगामी शनिवार एक कार्यक्रमबीच गुल्मी मुख्यालय रहेको ‘होप डिसेवेलेटी सेन्टर नेपाल’ की म्यानेजर एवं आशा अपाङ्ग केन्द्रकी चिअरउमन गंगा रायमाझी समक्ष हस्तान्तरण गरिने गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष ओमप्रसाद थापाले जनाए । समाजले यो सहयोग पहिलो चरण भएको र आगामी ३० जनवरीसम्म जम्मा हुने थप रकम पनि पुनः हस्तान्तरण गरिने जनाएको छ ।

गुल्मी जिल्ला समाज यूकेले सन् २०१० र २०११ मा समेत गुल्मीको पूर्व पश्चिम समेट्ने गरि त्यहाँ दुई वटा एम्वुलेन्स् दिइसकेको छ भने गत वर्ष आशा अपाङ्ग केन्द्रलाई ५ लाख रुपैयाँ बराबरको सहयोग गरेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग