Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कहिलेसम्म बेहोर्नुपर्ने हो असुरक्षित यात्रा ?

Published on 3:43:00 AM //

यमुना अर्याल
दशैँ तिहार सकिएपछि लामो दूरीका सवारी साधनमा सहज यात्रा होला भन्ने सोचेको मसिरको दोश्रो हप्तामा पनि उही परिस्थिति दोहोरियो । गोगंबु वसपार्कमा एकैछिन लाइन बसेपछि काठमाडौंदेखि गुल्मी जाने टिकट बल्लतल्ल मिल्यो । मंसिर १६ गते देवाली (कुल पूजा) परेका कारण गुल्मी जाने टिकट पाउन एकदमै मुस्किल थियो, रु ७३० तिरेपछि टिकट  बल्लतल्ल मिल्यो गुल्मीसम्मको लागि ।
गोंगबुमा जाममा पर्नुभन्दा सिधै कलंकी जाने निधो भयो, बसपार्कबाट ३ बजे बस छुट्छ कलकीमा ३ः १५ बजेसम्म आइपुग्छ ठिक समयमा पर्खिराख्नु खलासीले आदेशको शैलीमा भन्यो । ठिकै होला भन्दै ठिक सवा तीनमा कलंकी पुगियो, गाडी आएन, ४ बज्यो तै पनि गाडी आएन, सम्पर्कका लागि दिएकेा मोबाईलको सुइच अफ भयो, इलाम, कैलाली, काकडभित्तासम्म जाने गाडी गएपछि साढे चारतिर बस आइपुग्यो ।

अघिल्लै दिन टिकट काटेकेाले सिट पक्का थियो, बस रोक्यो चढ्न खोज्दा ठाउँ छैन, क्याविनमा समेत मान्छे अटन खटन भइ बसेका थिए । यो सिट त मेरो हो, यी टिकट हेर्नुहोस भनेपछि सिटमा बसेका व्यक्ति उठे तर बस्ने ठाउँ भए पो - कोचाकोच सास फेर्नेसम्म ठाउँ थिएन, गुर्जुधारा नपुग्दै खलासी कराउँन थाल्यो ल गुल्मी  तम्घास आउनुस आउनुस......तीन वर्ष पर्ने देवाली कूल पूजा मान्न आतुर यात्रुहरु कोचिएरै भएपनि जाने तरखरमा थिए, जनतन गाडी चढे फेरी बस-भाडामा किचकिच सुरु भयो ।
ए भाइ यति दुख गरेर १२/१३ घण्टाको यात्रा गरेका छौँ कहाँ पुरै भाडा दिन सक्छौँ - यसो मिलाउनु पर्छ भन्दा  खलाँसी गम्क्यो, चढ्ने बेलामा जसरी भएपनि जान्छौँ लैजाउ भन्ने तिमीहरु नै भाडा दिने बेलामा दाँतबाट पसिना निकाल्नु त भएन नी ल सरक्क ७३० रुपैयाँ भाडा दिनुस, एकैछिन कराएपनि आखिर भाडा दिनै पर्‍यो यात्रुले बस्ने ठाउँ नपाएपनि पुरै भाडा तिरे ।
धादिँङ गएपछि पुरानै तरिका खाजा नास्ता गर्नुस भन्दै गाडी रोकियो, देख्दै वाक्वाकी लाग्ने ठाउँ तै पनि अरु विकल्प नभएपछि यात्रुहरु बाध्य भएर महंगो तर गुणस्तरहीन खाजा नास्ता गरे । दशैंतिर यस्ता होटलको अनुगमन भएको भन्ने हल्ला सुनिएको थियो तर त्यो हल्ला नै रहेछ वास्तविकता देख्दा ।  एकैछिनमा गाडी चल्यो, अलि तल पुग्दा नपुग्दै अर्को गाडीमा ठोकियो र अगाडीकेा सिसा झर्राम्मै फुट्यो, धन्न मान्छेलाई केही भएन । । एकैछिन किचकिच भएपनि गाडी चल्यो तर रातीको बेला त्यसमाथि बढ्दो जाडो क्याविनमा बस्नेहरुलाई जाडोले थुर्रथर्र पार्‍यो । गाह्रो भएपनि जानुपर्ने बाध्यता हामीसँग थियो ।
रातीको १२ः३० भएको थियो होला सुनवलमा गाडी रोकियो, खलासी करायो ल खाना खाने, सबै जना झर्नुहोस, यात्रुले सुनवलमा खाना नखाने भनेपनि खलासीले जिद्धी गर्‍यो, हामीहरुको कुरा भइसकेको छ, कुरा काट्नु हुँदैन जस्तो भएपनि खानुपर्छ । लालीगुराँस होटल बाहरिरैदेखि फोहोर देखिन्थ्यो उस्तै, कति दिनको बासीभात, त्यो पनि आधा रातमा कस्तो हुन्छ होला - बाध्य भएर सादा खानाको रु  एक सय पचास तिरेर खानुर्‍यो । यात्रामा अधिकारको कुरा हुँदैन, पैसा तिरेपछि गुणस्तरीय खाना खाऔँ भन्दा गाडीचालकको पारो तात्छ उसले भने जस्तो भएन भने कहाँ कतिखेर गाडी पल्टाउँछ भन्ने डरले यात्रुहरु बोल्दैनन् । जे भनेपनि जसो गरेपनि सहनुपर्ने बाध्यता छ ।
यस्तै कष्ट र बाध्यता सहँदै गुल्मीसम्म पुगियो । यो त सदरमुकामसम्मको यात्राको कुरा भयो, अझ गाउँको यात्राको कुरा निकै कहालिलाग्दो छ । अप्ठ्यारा भिर पाखा खनेर ट्रयाक मात्रै खेालिएका डर लाग्दा बाटाहरुमा क्षमता भन्दा बढी लोड गरिएका सवारी साधन चलाउने परम्परा पुरानो जस्तै बनिसक्यो , कैयौँ पटक धनजनको क्षति भइसक्दा पनि चेतना हुन सकेकेा छैन ।
सार्वजनिक सवारीमा यात्रा गर्दा महंगो पैसा , विद्यार्थीलाई सहुलियत भएको रेकर्ड छैन लामो दुरीमा त्यसमा पनि पश्चिम जाने बसले निकै ठगेका छन विद्यार्थीहरुलाई । अघिल्लो दिन टिकट काट्न गयो डिस्काउन्टको लागि जुन दिन जाने हो त्यही दिन विहान आउनुपर्छ भन्छन विहान अध्याँरोमै उठेर किटक काट्न गयो डिस्काउन्टको टिकट हिजै सकिइसक्यो भन्छन यो गुनासो सुन्ने निकाय कहीँ कतै छैन । ऐनमा विद्यार्थीको लागि ४५ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ, सवारी साधनको क्षमता उल्लेख गरेको छ, उल्लघंन गर्नेलाई कारवाहीको व्यवस्था गरेको छ तर कार्यान्वयन हुने कहिले ? कहिलेसम्म यस्तै असुरक्षित र महगो यात्रा हामीले बेहोरिरहनुपर्ने हो त यसको जवाफ दिने कुनै निकाय छ ?

(हिजोआज गुल्मीमा सवारी साधन दुर्घटना बढीरहेको बेलामा एक सामय सान्दर्भिक लेख । गत हप्ता मात्र गुल्मीमा दुई जिप दुर्घटना भए । ४ जनाको ज्यान गयो झन्डै दुई दर्जन यात्रु घाइते भए । गुल्मी न्युजमा प्रकाशित पछिल्ला दुर्घटना सम्बन्धी समाचारहरु हेर्न यहाँ क्लिक गर्नुहोला । )

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग