Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा एकको मृत्यु

Published on 5:56:00 PM //


घनश्याम गौतम
बुटवलबाट बाग्लुङ्गको हटिया जाँदै गरेको जिप आइतवार ग्वादी ५ याङ्दी खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा १० घाइते भएका छन् । रिडी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बेणीमहादेव पौडेलका अनुसार लु १ ज १९१ नम्बरको जिप दुर्घटनामा बाग्लुङ्ग रिघा ९ का शेरबहादुर काउछाको मृत्यु भएको हो । घाइते काउछाको रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा घाइते अन्य १० जनालाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाईएको छ । सडकमा रहेको खाल्डो जोगाउने क्रममा भएको दुर्घटनामा जिप सडकबाट ३० मिटर तल कालीगण्डकी किनारमा खसेको प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग