Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

के कसरी बनाइन्छ ? (भिडियोहरु)

Published on 7:17:00 AM //


हामीले मुग्लिन तिरका स्टाफ होटेलमा खाना खाई-वरी काउण्टरमा पैसा तिरेर त्यहीँ राखिएको सानो बट्टाबाट दाँत कोट्ट्याउने सिन्का झिकेर (तुथ पिक) दाँत कोटाउँदै गाडी तिर लुरु लुरु हिंड्ने गरेको दृश्य त थुप्रै पटक देखेका छौ । हामी आँफै पनि मासु खाईसके पछी दाँत कोट्टाउने गरिन्छ प्राय जसो हैन र?  कती कुराहरु यस्ता हुन्छन जुन हामी प्राय दैनिक जस्तो नै प्रयोग गरिरहेका हुन्छौ तर हामीलाई हामीलाई थाहा हुँदैन ति चिजहरु कसरी बनाइन्छन भन्ने बारेमा । होस् पनि कसरी अती सामान्य कुराहरु, त्यतातिर ध्यान जाने त कुरै छैन । दाँत कोट्याउने सिन्का मात्र होइन यस्ता धेरै चिजहरु छन जुन हामी दैनिक जसो खाइ राखेका, खेलाइरहेका, देखिरहेका वा प्रयोग गरिराखेका हुन्छौँ तर हामीलाई खासै हेक्का छैन ति चिज कसरी बनाइन्छन भन्ने बारेमा । आउनुस् आज त्यस्ता केही चिजहरु बनाइने प्रकियाबारे जानकारी दिने केही भिडियोहरु हेरौँ, भिडियोहरु सबै अङ्रेजीमा छन र यी भिडियोहरु युट्युबबाट लिईएका हुन ।

आउनुस् पहिला हेरौ तपाईं हामी मध्य धेरैको फेबरेट ड्रिन्क्स ओरेन्ज जुस बनाउने तरिका । बारिमा फलेको सुन्तला देखी फ्याक्ट्री हुँदै पसल सम्म आईपुग्ने तरिका राम्रोसँग देखाइएको छ तलको भिडियोमा ।  

तपाईंलाई कहाँको फ्रेन्च फ्राइज मन पर्छ ? म्याक डोनाल्ड्सको? बर्गर किङको? केएफसीको वा अन्य कुनै फास्ट फुडको? जहाँ सुकैको मन परेपनी प्राय सबैले बनाउने तरिका लगभग उस्तै उस्तै होला पक्कै पनि । मलाई त भए भयो, जहाँसुकैको होस् । आउनुस् तलको भिडियोमा हेरुम खासमा कसरी बनाउँदा रहेछन त फ्रेन्च फ्राइज । हाम्रामा बारीको आलु खानेर कि त थिचेर झोल खाने  हैन भने काटेर तरकारी खाने मात्र हो । अली बढी जाँगर गरे समोसा र अचार बनाउने हो, आलुको तर जनेका हुन बा कुइरेहरुले बनाउन र खान त । साँच्ची तपाईलाई थाहा छ कि नाइ, फ्रेन्च फ्राइज भने पनि यो त फ्रान्स बाट शुरु भएको होइन नि बेल्जियमबाट पो हो । कस्तो झुक्काउने है नामले ?
मलाई सानै देखी अचम्म लाग्ने गर्थ्यो हाम्रा बाले एक कार्टुन अण्डा किनेर ल्याउदा । घरमा होटेल, ट्ँवाकेहरुलाई लोकल ठर्‍रासँग राम्रै सित्तन बन्दो रैछ, अण्डा । १ कार्टुनमा १२ क्यारेट, एक क्यारेटमा ३० गोटा जम्मा जम्मी ३६० अण्डा । हाम्रो घरमा मात्र २-३ हप्तालाई ३६० अण्डा आउछ भने पुरै नेपाल भर बेच्न कती कुखुराले अण्डा पार्छन होला, कहाँ पालेका छन होला तेत्रा कुखुराहरु जस्तो लाग्थ्यो । अहिले त छर्लङै भयो नि तलको भिडियो हेरिसकेपछी । 
पहिले पहिले घरमा मासु भात खायो अनी कुदो पूजा गर्ने कोठातिर दाँत कोट्टाउन अगरबत्तिको सिन्का खोज्न । पछी चलन आयो तुथ पिकको । गज्जब लाग्थ्यो शुरुशुरुमा त यी सिन्का बनाउने कम्पनी कत्रा हुन्छन होला, मेसिनले बनाउँदा हुन कि हातैले काठ खुर्केर बनाँउदा हुन? सिमलको काठको बनाउँदा हुन कि बाँसको बनाउँदा हुन जस्तो लाग्थ्यो । तपाईं पनि यस्तै सोँच्दै हुनुहुन्छ भने आउनुस् एक्छिन तलको भिडियो हेरेर जानकाइ लिउँ । 
तपाईंलाई कसैले सोध्या छ अहिले सम्म पेन्सिल कसरी बन्छ भनेर । नसोधेको भए पनि कुनै बेला सोध्न सक्छन तपाईंका साना-साना छोराछोरी, भाई बहिनी अनी नानीबाबुहरुले । बरु आउनुस् भिडियो हेरी हालौँ, कसरी बनाइँदो रहेछ त पेन्सिल । 
पैसा भने पछी त महादेबका पनि तेस्रो नेत्र खुल्छ भन्छन झन हामी त मान्छेको जात । थाहा त पाइराख्नु पर्‍यो नि पैसा कसरी बनाइँदो रहेछ भन्ने कुरा हैन र?? हुन त यो भिडियो हेरेर, सिकेर आँफै पैसा बनाउँन त सकिँदैन क्यारे :D तै पनि हेरेर जानकारी लिउँ न पैसा बनाउने तरिका ।  
आजकल मेशिन बिना के हुन्छ र ? हर कुरामा मेसिन प्रयोग । पाइला पाइलामा मेसिन, बस्न, कस्न, धस्न होस् वा बोल्न, खोल्न, घोल्न वा मोल्न नै किन नहोस् जता ततै मेसिन नभै हुन्न । यती मात्र कहाँ हो र? खान, लान, जान होस् वा सुन्न, बुन्न वा कुनै कुरा चुन्न सबै काममा मेसिन । मेसिन बिना त अब केही पनि बनाउन सकिन्न्न होला । यस्तै यस्तै सोच्दै हुनुहुन्छ भने तल राखिएको भिडियोले तपाईंको सोचाइलाई गलत साबित गर्दिन्छ । 
कण्डम कसरी बन्छ होला, कहिले काँही सोच्नुभएको छ ? तलको भिडियो त धेरै जसोलाई ठिकै लाग्ला, जानकारीमुलक नै लाग्ला तर कसै कसैले भने छि यस्तो जाबो नि के राख्या होला भनेर मनमनै मलाई गर्नुभयो भने माफ गर्दिनुहोला यो भिडियो स्किप गरेर अर्को भिडियो हेर्न सक्नुहुनेछ ।  
अन्त्यमा, हामी सबैको फेभरेट, आलु चिप्स । बच्चाहरुलाई टिफिन, आण्टिहरुलाई कोशेली, दारु खानेहरुलाई सितन र युबतिहरुलाई मन पर्ने तर मोटाइन्छ कि भनेर चाहे जती खाइहाल्न नहुने चिज हो यो आलु चिप्स । हेरौँ न त कसरी बनाइने रहेछ यो सर्वप्रिय पोट्याटो चिप्स । 


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग