Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो उदय उमाबी शान्तिपुरको वार्षिकोत्सब (फोटो फिचर)

Published on 9:19:00 PM //

तेजेन्द्र थापा 
पौष ७ गते श्री उदय उमाबिको ५४औ जन्मोत्सबको दोस्रो दिन विबिध कार्यक्रम गरी सकिएको छ । 
बिद्यालयका बिभिन्न कार्यक्रमका बिजेताहरुलाई पुरस्कार बितरण गरिएको थियो ।    
कार्यक्रममा प्रमुख अतिथी जिल्ला शिक्षा कार्यालयका प्रमुख नन्दलाल पौडेलका साथै जिल्ला शिक्षा कार्यालयका कर्मचारीका त्यसैगरी गरीब तथा जेहेन्दार बिद्यार्थी अक्षयकोषका सचिब श्री राज कुमार श्रेश्ठ समेतको उपस्थिती थियो । 
कार्यक्रममा मथुरा प्रज्ञा पुरस्कार, गरीब तथा जेहेन्दार विद्यार्थी पुरस्कार आदी पुरस्कारहरु बितरण गरियो । 
 जसमा मथुरा प्रज्ञा पुरस्कार अक्षय कुमार थापाले प्राप्त गरेका छन भने गरीब तथ जेहेन्दार पुरस्कार शान्तिपुर लगाएत यस आसपासका बिद्यालयका विद्यार्थीले समेत प्राप्त गरेका छन । 
शान्तिपुर बाट १२ कक्षामा अध्ययन गर्ने दृष्टिबिहिन मन बहादुर थापा र गीत नेपालि ग्वाघा माबिका दिपक कार्कि, हराचौर माबिकि हिमा नेपाली, सरस्वती माबी बिशुखर्ककि सन्तु पुन र सारदा माबी सराङकी रधिका गौतमले प्राप्त गरेका छन । सो पुरस्कारको राशी जनही ५००० रुपैया रहेको छ ।
 मथुरा प्रज्ञा पुरस्कारको राशी नगद १००० र मेडल रहेको छ । 
सो कार्यक्रमम बोल्दै जिशिअ श्री नन्दलाल पौडेलले शिक्षा क्षेत्रमा सबैको नजर पुग्ने हुँदा बिबाद रहित हुन नसक्ने बताउनु भयो । समाज जुन गतिमा अगाडी बढछ शिछा पनि त्यही गतिमा अघी बढने बताउनु भयो ।
अङ्रेजी मिडियमबाट पढ्उँदैमा शिछको गुणस्तरमा बृद्दी नहुने समेत बताउनु भयो ।
उहाँले शिक्षकहरुलाई  बिद्यालयको भौतिक बिकासमा भन्दा गुणस्तरीय शिक्षामा ध्यान दिन निर्देशान समेत दिनु भयो । 
जन्मोत्सबकै अवसर पारेर प्रतियोगीतात्मक भलिबल खेलको पनि आयोजना गरिएको थियो । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग