Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुणकारी गुन्द्रुक (सिन्की)

Published on 6:23:00 PM //



बिकल्प अधिकारि
नेपालमा हेला गरिने गुन्द्रुकमा तौल अनुसार ४५ प्रतिशतसम्म आइरन पाइन्छ भन्दा अचम्म लाग्न सक्छ। तयारी खानेकुराका बट्टामा क्लोरनि, आइरन, कार्बाेहाइड्रेट र प्रोटिनको मात्रा लेखेको हेर्ने हामीलाई गुन्द्रुकमा पाइने आइरनको मात्राबारे थाहा हँुदैन। सन् २००३ मा इन्डियन जर्नल अफ माइक्रोबायोलोजीमा प्रकाशित जेपी तामाङको अनुसन्धानले प्रतिसय ग्राम सुक्खा गुन्द्रुकमा ४ सय ४३ दशमलव १ मिलिग्राम आइरन, १ सय २० दशमलव ५ मिलिग्राम क्याल्सियम, १४ दशमलव ६ मिलिग्राम प्रोटिन र २ दशमलव ५ ग्राम धूलोजस्ता पदार्थ हुने देखाएको छ। उच्च मात्रामा अर्गानिक एसिड र कम पीएच हुनाले यसले अत्यधिक भोक जगाउँछ र यसलाई धेरै समयसम्म सुरक्षित राखेर उपयोग गर्न पनि सकिन्छ।

हामीले दाल र तरकारीका रूपमा खाने गरेको राज्मामा यति धेरै प्रोटिन पाइन्छ कि एक किलो खाँदा ५० किलो मासु खाएबराबर प्रोटिन मिल्छ। कसले जानोस् यस्तो कुरा ! तर, राष्ट्रव्यापी रूपमा ढुसी लागेका आइरन चक्की बाँड्ने काममा संलग्न हुनेहरूलाई गुन्द्रुकमा एउटा आइरन चक्कीमा पाइनेजत्ति नै आइरन पाइन्छ भनेर अध्ययन/अनुसन्धान गर्ने फुर्सद नै छैन। आइरन प्रायः दाना तथा अन्न, हरयिा सागपात र मासुमा पाइन्छ। आइरन कम भएमा रक्तअल्पता हुने गर्छ र गर्भवती अवस्थामै महिलाको मृत्यु हुन सक्छ भने बच्चाको दिमागको विकासमा अवरोध पनि पुग्न सक्छ।

यो आइरनको मात्र कुरा भयो। नेपालमा खोला तथा खोल्साखाल्सीमा पाइने झिङेमाछामा अमूल्य तत्त्व हुन्छ भनेर अनुसन्धान कसले गर्ने ? हामीले तिनीहरूको संरक्षण गरेर दिनहँु खाँदा हजाराँै रुपियाँ बराबरको प्रोटिन पाइन्छ। युरोपमा फुटबल खेलाडीलाई मध्यान्तरमा दिइने शक्तिवर्धक जुस हाम्रो गाउँका कान्लामा पाइने तरुलबाट बनाइएको हो भन्ने हामीलाई सिकाइनुपर्ने भएको छ। कुरा के हो भने हामीले जानेर वा नजानेर गुन्द्रुक खान्छौँ। तर, कति खाँदा शरीरलाई चाहिने तत्त्व पूरा हुन्छ, त्यो साधारण जनतालेे जान्न सक्दैनन्। अनुसन्धानको खाँचो छ। हामीसँग पर्याप्त खानेकुरा छन् तर मात्र खाँचो सन्तुलित तरकिाले खान जान्नु र त्यसका लागि अध्ययन गर्नु हो। यस्ता अध्ययनबाट आएका कुरा संरचनात्मक रूपमा नागरकिलाई सूचित गराइनुपर्छ। यो राज्यको दायित्वभित्र पर्छ।

स्वस्थ रहन र रोगसँग लड्न मानिसलाई बढी मात्रामा चाहिने मुख्य पौष्टिक तत्त्वमध्ये हुन्, प्रोटिन, कार्बोहाइडे्रट र चिल्लो पदार्थ। सहायक पौष्टिक तत्त्व हुन्, भिटामिन -'ए', 'सी', 'ई') र खनिज पदार्थ आइरन, आयोडिन र क्याल्सियम। जसले यी तत्त्व भएका खाद्यवस्तु पर्याप्त मात्रामा उत्पादन गर्न र किन्न सक्दैन, ऊ कुपोषणको सिकार हुने निश्चित छ। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा कम प्रोटिन र धेरै मात्रामा कार्बोहाइड्रेट पाउने अन्न चामल, मकै र गहँु मात्र खाएर बस्नेे कुपोषण र न्यूनपोषणको सिकार भएका छन् किनभने उनीहरूसँग प्रोटिन र अन्य मुख्य पौष्टिक तत्त्व पाउने खानाको अभाव रहेको हुन्छ। नेपालमा गरबि जनता, त्यसमाथि बच्चा र महिला कुपोषणबाट बढी ग्रस्त छन्।

आयुर्वेद भन्छ, 'हामीले खाएको खानाबाट नै रगत र क्रमशः मासु, मेद, हाड, मज्जा र वीर्य बन्छ।' खानाले नै रोगसँग लड्ने, सोच्ने र कस्तो क्रियाकलाप गर्ने भन्ने निर्धारण गर्ने हुँदा खानपिनमा विशेष ध्यान दिन जरुरी छ। हामीसँग पर्याप्त अन्न, मासु र फलफूल नभए पनि भएका पदार्थको समुचित प्रयोग आजको आवश्यकता हो। समस्या अपर्याप्तताभन्दा पनि व्यवस्थापनमा हो। संयुक्त राष्ट्रसंघका अनुसार सन् '९० को दशकमा झन्डै ८० प्रतिशत कुपोषण भएका बच्चा त्यस्ता देशमा बस्थे, जुन देशमा आफ्नो देशलाई पुग्नेभन्दा अतिरत्तिm खाद्यान्न उत्पादन हुने गथ्र्योे। त्यसैले गरबि हुनु मात्र पनि कुपोषणबाट ग्रस्त हुनु होइन। पश्चिमा र अमेरकिीहरूका अगाडि ख्याउटे र साना देखिने हामीलाई सन्तुलित खानाको नारा दिइयो र खानुपर्छ भनियो तर खाना नभएकालाई यस भनाइको के अर्थ ! नेपालका गाउँगाउँमा उपलब्ध भएका खाना कसरी मिलाएर खाने भनेर कहिल्यै पनि पाठ्यक्रममा राखिएन।

के प्रोटिनको कमीका कारणले शरीर दुब्लो हुनु, हिँडडुल गर्न नसक्नु, काम गर्न असमर्थ हुनु भन्दा वैकल्पिक रूपमा मुसा, बाँदर, गँड्यौला, गँगटा खान उचित हुन्न ? यी तत्त्वमा अत्यधिक प्रोटिन पाइन्छ -तौल अनुसार ५८ देखि ७८ प्रतिशतसम्म), जुन खसी, कुखुरा, राँगा, अन्डा, माछामा -तीनदेखि पाँच प्रतिशत तौल अनुसार) पनि पाइँदैन। तराईका केही जाति र राउटेलगायतले यी जीव खाने गरेको हामीले देखेसुनेकै हो। दक्षिण अपि|mकामा खाने गरएिको लार्भा-झुसिलकीरा, कालाहारी मरभूमिमा खाइने साङ्लो, कोलम्बियाको बोगोटेमा खाइने 'प|mाइड एन्ट' जातको कमिला, कोरयिामा खाइने गँगटा र गँड्यौला के हाम्रो भान्सामा पाक्न सक्दैनन् ? के उपभोक्ताहरू यी नयाँ खानेकुरामा सहमत होलान् ! अब खाने ढंग फेर्ने पो हो कि !

सन् १९९६ को विश्व खाद्य सम्मेलनले कुपोषणलाई सन् २०१५ सम्ममा ४० करोडमा झार्ने लक्ष्य लियो तर उसले अहिले आएर यो लक्ष्य सन् २०३० मा मात्र पूरा हुने जनाएको छ। नेपाल पनि भोकमरीबाट प्रभावित देश हो। त्यसैले समस्या समाधान गर्दा अनेकौँ अप्ठ्यारा आइरहेका छन्। अब हामीले कि त भएका खानेकुराको व्यापक अध्ययन गरेर सन्तुलित भोजनका रूपमा खान जान्नुपर्‍यो कि नयाँ खानेकुराको खोजीमा लाग्नुपर्‍यो।

नेपाल साप्ताहिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग