Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भुपु मायालुसँग रक्सी पिएर मनिषा मातेपछि…

Published on 5:36:00 PM //


नायिका मनिषा कोइराला अहिले मुम्बइमा छिन् । बलिउड र कलिउडकी नायिका मनिषा श्रीमानसँग डिभोर्स गर्ने निधो गर्दै केही समयअघि मुम्बइ हानिएकी थिइन् । मुम्बइ पुगेको केहीदिनपछि उनले आफ्ना पूराना साथीभाइलाई जम्मा पारी आफु लोग्नेसँग सम्बन्ध विच्छेद गर्ने अन्तिम तयारीमा पुगेको खुलासा मात्र गरिनन् फेरी बलिउडमा फर्किन चाहेको इच्छा समेत जाहेर गरेकी थिइन् । त्यसपछि मनिषाले मुम्बइमा के गरिरहेकी थिइन् भन्ने बारेमा थाहा पाइएको थिएन । तर एक्कासी मनिषाको बारेमा नराम्रो खबर बाहिर आएको छ ।

हालै मुम्बइको बर्सोवामा रहेको एक नयाँ रेस्टुरेन्टमा मनिषा रक्सीको नशामा लठि्ठएको अवस्थामा फेला परेकी छिन् । आफ्ना भुतपूर्व ब्वाइफ्रेन्ड प्रशान्त चौधरीले खोलेको रेष्टुरेन्टको उद्घाटन समारोहमा पुगेकी मनिषाले यतिधेरै रक्सी पिएकी थिइन् की उनले आफैलाई सम्हाल्न सकिरहेकी थिइनन् ।

भारतीय संचार माध्यमका अनुसार मनिषा कालो-खैरो रंगको पहिरनमा रेष्टुरेन्ट पुगेकी थिइन् । भुपु मायालुको निम्तोलाई स्विकारेर उद्घाटन समारोहमा पुगेकी मनिषाले त्यहीँ खुसीमा यति धेरै पिइछन् की उनी एक्लै घर जान सक्ने अवस्थामा समेत थिइनन् । उनलाई अरु हितैषीहरुले घरसम्म पूराइदिएका थिए । मुम्बइ हानिएकी मनिषाको यस्तो हालत भएको खबर सुनेर उनका नेपाली प्रसंसक समेत दुखी बनेका छन् ।
अन्लाइन खबरबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग