Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माघे सक्रान्तीमा रिडिको रमझम (भिडियोहरु)

Published on 9:34:00 PM //

गुल्मीको रिडी क्षेत्रमा आजदेखि तीनदिने माघेसंक्रान्ती मेला शुरु भएको छ । यसै अवसरमा मेलाको पहिलो दिन गण्डक स्नान, मेलाभर्ने श्रद्दालुहरु लगायत मेलास्थलका बिभिन्न गतिबिधी समेटीएका भिडियोहरु हेरौँ । तल राखिएका भिडियोहरुमध्य पहिलो भिडियो रिडिबाट जनार्दन घिमिरेले गुल्मीन्युजका लागि खिचेर पठाउनुभएको हो । त्यसैगरी दोस्रो भिडियो भने टेकनारायण भट्टराईले तयार पार्नुभएको हो ।




जनार्दन घिमिरे
गुल्मीको रिडी क्षेत्रमा आजदेखि तीनदिने माघेसंक्रान्ती मेला शुरु भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडी क्षेत्रको काली गण्डकिमा माघे संक्रान्तिको दिन काली गण्डकिमा स्नान गर्न आउने श्रद्धालुहरुको दिनभर घुँईचो लागेको थियो । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडी धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकिय दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ । नेपालका चारधाम मध्ये एक धाम र धार्मिक तथा पर्यटकिय दृष्टिकोणले रुरु क्षेत्र महत्वपूर्ण मानिन्छ । माघे संक्रान्तिको अवशरमा काली गण्डकिमा स्नान गर्न र ॠषिकेश मन्दिरको दर्शन गर्न गुल्मी लगायत पाल्पा, स्याङ्जा, अर्घाखाँची, प्यूठान, वाग्लुङ्ग, रुपन्देही लगायतका जिल्लाहरुवाट श्रद्धालुहरुको घुँईचो लाग्ने गर्दछ ।
यसदिन नदीमा स्नान गरेर रुरुकन्याको दर्शन गरेमा मानिसहरुले आफुले अन्जानका गरेका सम्पूर्ण पापवाट मोक्ष प्राप्त हुने किंवदन्ती समेत रहेको छ । जेठी संक्रमन्ति,माहिली र कान्छी संक्रान्ति गरि तिन दिनसम्म लाग्ने रिडी मेला भर्नकालागि टाढाटाढाका मानिसहरु संक्रान्तिको अघिल्लो दिननै रिडीमा आउने गर्दछन् । यो पटक पनि विगतको भन्दा नदीमा स्नानगर्न आउने श्रद्धालुहरुको उपस्थिति निकै वाक्लो रहेको थियो । काली गण्डकि ए जलविद्युत परियोजनाका कारण मिर्मिमा नदि थुनेर विद्युत उत्पादन गरेपछि रुरुक्षेत्रको काली गण्डकिमा पानीको वहाव निकै कमि हुँदै आएको छ । जसका कारण उक्त क्षेत्रमा मरेका मानिसहरुको शव जलाउँदा त्यसक्षेत्र आजभोली निकै प्रदुषित वन्दै गएको छ । तीन दिनसम्म लाग्ने माघेसंक्रान्ति मेला व्यापारिक दृष्टिकोणले जिल्लामा महत्वपूर्ण मानिन्छ ।
माघी मेलामा व्यापार गर्न गुल्मी लगायत पाल्पा, स्याङ्जा, अर्घाखाँची,वाग्लुङ्ग,रुकुम र रोल्पा, जुम्लासम्मका व्यापारीहरु आउने गर्दछन् । उनीहरुले ल्याएका कम्मल, काम्ला,पाखी, वासवाट निर्मित सामग्रि र ओखरका घाँजी, काठका सामग्रि, उनीजन्य वस्तुहरु,रिडीको माघी मेलामा मेला हेर्न आउने मानिसहरुका लागि थप आकर्षकका वस्तुहरुमा पर्दछन् । मेलालाई व्यवस्थित गर्नका लगि स्थानीय रुरुफ्रेण्डस क्लवले सहयोग गरिरहेको छ । क्लवको आयोजनामा रिडीमा राष्ट्रिय ख्याती प्राप्त विभिन्न कलाकारहरुद्वारा विविध सांस्कृतिक कार्यक्रम समेत संचालन गरिएको छ । रिडी मेलाको आज एक कार्यक्रमका वीच वन तथा वातावरण मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले उद्घाटन गर्नु भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग