Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सक्रान्ती बेलैमा, रिडिको मेलैमा....... (फोटो फिचर)

Published on 8:51:00 PM //

बेच्ने कि बुन्ने: गुल्मीको रिडीमा आइतवार देखि शुरु भएको मकर संक्रान्ति मेलामा ओखरको घँजी विक्रिका लागि रुकुमको तकसेराबाट आएका युवतीहरु विक्रिका लागि उनीको गलबन्दा बुन्दै । मेलामा एक वर्षसम्म हातैले बुनेर तयार पारिएका उनीका सामाग्रीसंगै ओखरको घाँजी समेत प्रख्यात मानिन्छ । तस्विर ः घनश्याम गौतम
गण्डकी स्नान: गुल्मी, पाल्पा र स्याङ्जाको संगम स्थल रिडीमा माघे संक्रान्तिका अवसरमा आइतवार स्नान गर्दै दर्शनार्थीहरु । तस्विर ः घनश्याम गौतम

हर हर गङ्गे:  मक्रर संक्रान्तिमा गण्डक स्नान गरेमा सम्पूर्ण पापमुक्त भई पुण्य प्राप्त हुने जनविश्वास रहेपनि पछिल्ला वर्षहरुमा धर्मप्रति युवाको चासो कम हुँदा रिडी मेला समेत प्रभावित हुँदै गएको छ । मेला पा“च दिनसम्म चल्ने छ । तस्विर ः घनश्याम गौतम
 गण्डकी स्नान: गुल्मी, पाल्पा र स्याङ्जाको संगम स्थल रिडीमा माघे संक्रान्तिका अवसरमा आइतवार स्नान गर्दै दर्शनार्थीहरु । तस्विर ः शिवलाल शुबेदी
 हर हर गङ्गे:  मक्रर संक्रान्तिमा गण्डक स्नान गरेमा सम्पूर्ण पापमुक्त भई पुण्य प्राप्त हुने जनविश्वास रहेपनि पछिल्ला वर्षहरुमा धर्मप्रति युवाको चासो कम हुँदा रिडी मेला समेत प्रभावित हुँदै गएको छ । मेला पा“च दिनसम्म चल्ने छ । तस्विर ः शिवलाल शुबेदी
कति पर्छ: गुल्मीको रिडीमा आइतवार देखि शुरु भएको मकर संक्रान्ति मेलामा कम्बल विक्रि गर्दै ब्यापारीहरु । मेला बाग्लुङ्ग र रुकुमका विभिन्न ग्रामिण बस्तीमा एक वर्षसम्म हातैले बुनेर तयारर पारिएका कम्बल, राडी, पाखी लगायत उनीका सामाग्रीको खरिद विक्रिका प्रख्यात मानिन्छ । तस्विर ः घनश्याम गौतम
महंगो भो डोको डालो: गुल्मीको रिडीमा आइतवार देखि शुरु भएको मकर संक्रान्ति मेलामा बाँसले बुनेर तयार पारिएका डाली किन्दै ग्राहक । मेला गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, बाग्लुङ्ग र रुकुमका विभिन्न ग्रामिण बस्तीमा बुनेर तयार पारिएका बाँसका सुपा, डाली, लगायतका सामाग्रीहरु दर्शनार्थीका आर्कषक हुने गर्दछन् । डाला, डोको, सुपा अहिले २ सय ९० रुपैंयामा विक्रि हुने गरेका छन् । तस्विर ः घनश्याम गौतम
यस्तो छ मेला स्थल: रिडिमेला स्थलको एक झलक । तस्बिर: घनश्याम गौतम

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग