Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक अर्कामा थुकाथुक गरेर माया तथा सम्मान

Published on 7:57:00 PM //


कसैलाई थुक्नु भनेको त्यसलाई घृणा गर्नु हो अर्थात् आफ्नो रिस जाहेर गर्नु हो । हामीकहाँ कोही व्यक्तिलाई थुकियो भने त्यसले ठूलो अपमान जनाउँछ । तर विश्वका यस्ता समुदाय पनि छन् जसमा थुक्नु भनेको माया र सम्मान प्रकट गर्ने माध्यम हो ।
केन्या र तान्जानियामा बस्ने मसाइ आदिवासीहरुमा यस्तो अचम्मको परम्परा छ । यो परम्परामा थुक्ने कामको विशेष महत्व छ । मसाइ आदिवासीहरु एक अर्कामा थुकाथुक गरेर माया तथा सम्मान प्रकट गर्छन् ।
छोरीलाई बिहे गरिदिएर अन्माउँदा हामीकहाँ बुवाआमा र अभिभावकले अँगालोमा बेरेर माया दर्शाउँछन् , आँशु चुहाएर दुख प्रकट गर्छन् ।
तर उक्त समुदायमा भने बिहेपछि छोरीलाई टाउको र छातिमा थुकेर अन्माइन्छ र दुलाहाको जिम्मा लगाइन्छ ।
यिनीहरुमा साथीसँगी भेट हुँदा हात मिलाउनु वा नमस्कार गर्नुको साटो स्वागत र अभिवादनको रुपमा एक अर्कामा थुकाथुक गर्छन् ।
अझ अचम्मको कुरा त के भने जब बच्चा जन्मिन्छ, तब सबै नातागोताले एकपछि अर्को गर्दै उक्त शिशुलाई थुक्छन् र थुकीथुकी रुवाउँछन् ।
जन्मिएको बच्चालाई नराम्रो भनेर थुकेमा उसको भाग्य राम्रो हुन्छ र राम्रो भनेर प्रसंसा गरेमा उसको भाग्य नराम्रो हुन्छ भन्ने मान्यता यो आदिवासीमा छ ।
कस्तो अचम्म हगि ?

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग