Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ढुङ्गा निकाल्ने क्रममा लडेर एकको मृत्‍यु

Published on 4:36:00 PM //

पि.एम.मगर
ढुङ्गा निकाल्ने क्रममा भिरवाट लडेर गुल्मीको अर्खले गाविसमा एक युवकको मृत्यु घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा अर्खले गाविस वार्ड नं. ८ निवासी २१ वर्षीय लिलवहादुर कुवँर रहेका छन् । अर्खले गाविस वार्ड नं. ८ र ९ को सिमानामा पर्ने चौपारी भन्ने स्थानमा घरायसी कामका लागि ढुङ्गा निकाल्ने क्रममा चिप्लिएर भिरवाट खसी करिव ३० मिटर तल ढुङ्गामै पर्दा उनको मृत्यु भएको स्थानीय यमलाल पाण्डेले जानकारी दिनुभएको छ। घटनास्थल सदरमुकाम तम्घाससँगै जोडिएको छ। अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग