Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कस्तो अभागी गाउँ, गाउँका सबै परिवारमा क्यान्सर

Published on 5:16:00 PM //


कस्तो अभागी गाउँ । गाउँका हरेक घरमा कम्तिमा १ जनालाई क्यान्सर लागेको छ । जर्मनीको वेवेल्सफेल्थ गाउँका हरेक परिवार क्यान्सर रोगबाट पीडित छन् । १५ सय जनसंख्या हरेक गाउँमा हरेक घरधुरीमा कम्तिमा १ जनालाई यस्तो रोग रहेको कुरा चिकित्सकहरुले परीक्षण गरी प्रमाणित गरेका हुन् ।

लुबेक विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले समेत परीक्षण गर्दा गाउँलेमा स्तन, फोक्सो, अन्ननली, पाठेघर तथा पेट लगायतका क्यान्सर भएको फेला परेको छ ।

गाउँका सबै परिवार क्यान्सरबाट पीडित हुनपुगेको कुराले अहिले गाउँलाई मात्र होइन सबैलाई नै दुखी बनाएको छ । यति ठूलो संख्यामा क्यान्सर रोगी हुनुको दोष नजिकै रहेको आणविक भट्टी तथा पानीजहाज केन्द्रलाई दिइएको छ । पानीजहाज केन्द्रमा प्रयोग हुने रसायन तथा आणविक भट्टीबाट आउने रसायनिक विकारहरुका कारण आफुहरुलाई क्यान्सर भएको गाउँलेहरुको भनाइ छ । तर क्यान्सरको खास कारण भने पत्ता लागिसकेको छैन ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग