Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी बगरमा बालुवा चालेर गुजरा

Published on 4:14:00 PM //


गुल्मीको रुरु गाउँ विकास समिति–४ रिडीकी २४  वर्षीया गङ्गा गहाले बालुवा चालेर राम्रो आम्दानी गर्दै आएकी छन् । उनले मासिक नौ–दश हजार आम्दानी बालुवा चालेकै भरमा कमाउने गरी छन् । बिहानदेखि साझँ ६–७ बजेसम्म कालीगण्डकी नदी किनारमा बालुवा उनको समय बित्ने गरेको छ ।

सधैँजस्तो रिडीको बगरमा व्यस्त देखिने गाहाले आफ्नो बालबच्चा पढाउन र घरखर्च पुर्याउन बालुवा चालेर आम्दानी जुटाउने गरेको बताइन् । उनको यो कामलाई उनका श्रीमान् उत्तम गाहाले पनि सहयोग गरेका छन् । प्रशस्त जग्गाजमिन नभएकाले गाहा दम्पतीले बगरमा बालुवा चाल्न आफूहरु बाध्य भएको बताए ।

गङ्गाको सात वर्षकी छोरीले अहिले रुरु प्राथमिक विद्यालय कक्षा १ मा पढ्छन् । उनले छोरीलाई राम्रोसँग पढ्न प्रेरणा दिँदै यो काम गर्न नदिने बताइन् । बालुवा चालेर घरखर्च चलाउँदै आएकी गुल्मी जिल्लाको रुरु– ४ रिडीकी अम्बिका थापाको कथा पनि उस्तै छ । साँझ बिहान नै बालुवामा रमाउने थापाको आम्दानी स्रोत नै रिडीको बालुवा नै बनेको छ ।

एभरेष्ट न्युजबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग